रुकुम पुर्व सिस्ने गाउँपालिका वडा नम्बर ५ टाकुराकी प्रतीक्षा बिसि १३ वर्षकी भइन् । सिस्ने गाउँपालिका ५ स्थित रुक्मिणी माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत विसीले खेलमा पनि निकै चासो राख्छिन् । उनले माघको २१-२४ सम्म सिस्ने ३ पोखरामा संचालन भएको गाउँपालिकास्तरीय पाँचौ राष्ट्रपती रनीङ शिल्डमा १५ सय मिटर र ३ हजार मिटरको दौड प्रतियोगितामा सहभागी भएर प्रथम स्थान सफल गरेकी थिइन् ।

पालिकाबाट छनोट भएर उनले माघ २६-२९ सम्म भूमे गाउँपालिका -६ महतमा संचालन भएको १५ औ जिल्लास्तरीय  राष्ट्रपती रनिङ शिल्डमा पनि ३ हजार मिटर र १५ सय मिटरको दौडमा प्रथम स्थान ल्याउन सफल भएकी थिइन् । पालिका जिल्लाको खेलमा सहभागीता जनाउदै उनि अहिले प्रदेशस्तरीय शिल्डको लागि रुकुम पूर्वबाट छनौट भएको छिन् । उनले प्रदेशमा पनि १५ सय र ३ हजार मिटरको दौडमा प्रतिष्पर्धा गर्नेछिन् ।

त्यस्तै रुक्मिणी माद्यामिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीया निर्मला बिसि पनि सिस्ने गाउँपालिका वडा नम्बर ५ कै छात्रा हुन । उनी पनि गाउँपालिका स्तरीय रनिङ शिल्डमा प्रतिस्पर्धा गर्दै ४ सय मिटर र ८ सय मिटर दौडमा प्रथम स्थान ल्याउन सफल खेलाडी हुन । उनी जिल्लामा ८ सय मिटर दौडमा प्रथम स्थान ल्याउन सफल भएकी खेलाडी हुन । प्रदेशस्तरीय खेलको लागि उनी ८ सय मिटर दौडको लागि जिल्लाबाट छनौटमा परेकी छिन् ।

दुवैजना खेलप्रति उत्तिकै चासो राख्ने खेलाडी हुन भने दुबैजनाले तेक्वान्दो खेल पनि खेलिरहेको रुक्मिणी माविका शिक्षक अमिन एबल बिसिले जानकारी दिनुभयो ।

प्रदेशस्तरीय खेलको लागि रुकुम पूर्वबाट ३९ जना खेलाडी छनौटमा परेका छन् । सिस्ने गाउँपालिकाबाट १३ जना‚ भूमे गाउँपालिकाबाट १४ जना र पुथा उत्तरग‌ंगा गाउँपालिकाबाट १२ जना खेलाडी छनौटमा परेका हुन् ।