लुम्बिनी प्रदेशस्तरिय वक्तृत्वकला प्रतियोगितामा सुविन घिमिरे प्रथम हुनुभएको छ । रुकुम पुर्वमा सञ्चालन भएको लुम्बिनी प्रदेशस्तरिय वक्तृत्वकला प्रतियोगितामा रुपन्देहिका घिमिरे प्रथम हुनुभएको हो । प्रदेशका ८ वटा जिल्लाका विद्यार्थिहरुको सहभागिता रहेको प्रतियोगितामा १० जनाले प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगितामा गुल्मिकी प्रतिभा पौडेल दित्तिय हुनुभएको छ । रुक्मिणी माविका सोनिलिजा गौतम तृतीय हुदा बाकेकी प्रीयङ्का चौधरी सान्तवना हुनुभएको छ । प्रतियोगितामा विजयी हुनेलाई नगद र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा रुकुम पुर्व सहित रोल्पा, प्युठान, दाङ, पाल्पा, गुल्मी, रुपन्देही, बाके जिल्लाका कक्षा ९- १२ का विद्यार्थिहरुले सहभागीता जनाएका थिए ।

वक्तृत्वकला प्रतियोगिता जलवायु परिवर्तन अनुकुलतामा जुनियर तथा युवाको भुमिका विषयमा भएको थियो । नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशको आयोजानामा रुकुम पुर्वको रुक्मिणी माध्यामिक विद्यालायको प्राङ्गणमा सञ्चालन भएको वक्तृत्वकला प्रतियोगितामा रुक्मिणी मावी र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पुर्वले आतिथ्यता प्रदान गरेको थियो । त्रिभुवन मावी छिप्रीदह, कोट मावी रुमालबाराको समन्वय रहेको थियो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पुर्व शाखाका सभापति दामोदर गौतमको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगितामा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख र उप प्रमुख मोहन बहादुर केसिको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भुमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका उपकोषाध्यक्ष ज्ञानहरी रिजाल, सिस्ने गाउँपालिका उपाध्यक्ष गोपाल रेउले लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन उर्मिला गौतमले गर्नुभएको थियो ।