प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकुम पूर्वका उपाध्यक्ष बिक्रम परियारको निधन भएको छ । सोमबार रुकुमकोटबाट काठमाडौं जाने क्रममा बागलुङमा बस दुर्घटना हुँदा उहाँको घटनास्थलमै मृत्यु भएको हो । रुकुम पश्चिमबाट काठमाडौं जादैँ गरेको बागमती प्रदेश ०१-००६ ख ३८७९ नम्बरको बस सोमबारका दिन साझ ५ बजेतीर बागलुङको निसीखोला गाउँपालिका ६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा उहाँको मृत्यु भएको हो ।

रुकुम पश्चिमबाट छुटेको बसमा नेपाल राष्ट्रिय दलित पत्रकार संघको महाधिवेशनमा सहभागी हुनको लागि उहाँ रुकुमकोटबाट २ बजे गाडी चढ्नुभएको थियो । तर उहाँ दुर्घटनामा परी बागलुङमै अस्ताउनुभयो । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ रुमालबारा स्थाई घर भएका परियार अन्नपूर्ण दैनिक पत्रिकामा जिल्ला समाचारदाताको रुपमा कार्यरत हुनुहुन्थ्यो भने कमलकुञ्ज मिडिया हाउस प्रालीको संचालक/अध्यक्ष हुनुहुन्थ्यो । प्रेस सेन्टर नेपाल रुकुम पूर्वको उपाध्यक्ष रहनुभएका उहाँ कुशल संगठक‚ स्पष्ट वक्ता‚ जुझारु एवम् अब्बल पत्रकार हुनुहुन्थ्यो ।

२३ वर्षका पत्रकार परियार पत्रकार महासंघ रुकुम पूर्वका सहसचिव समेत हुनुहुन्थ्यो ।