साहित्यकार कमान सिंह विष्टकाे “जन्मभूमिका भाेगाइहरू” मुक्तकसङ्ग्रह लोकार्पण गरिएको छ । बिहीबार चैत्र २२ गते राप्ती साहित्यकार परिषद् जिल्ला शाखा रुकुम पूर्वको तेस्रो जिल्ला अधिवेशनको अवसर पारि विष्टकाे “जन्मभूमिका भाेगाइहरू” मुक्तकसङ्ग्रह लोकार्पण गरिएको हाे ।

उक्त मुक्तक संग्रह प्रकाशन राप्ती साहित्य परिषद् दाङले गरेको छ भने साहित्वियकार विष्टको याे मुक्तकसंग्रह प्रथम संस्करण हाे ।मुक्तकसंग्रहकाे आवरण कला डाक्टर खेमराज मल्लले गर्नुभएको छ भने मुक्तकसंग्रहकाे डिजाइन दिलिप पुन मगर र प्रभा चौधरीले गर्नुभएको छ । “जन्मभूमिका भाेगाइहरू” मुक्तक सङ्ग्रहमा रुकुम पूर्वकाे चिनारी समाज र राजनिती आदि जस्ता विषयवस्तुलाई चर्चा परिचर्चा गरिएको छ । पिता खिम बहादुर विष्ट र माता खिमसरी देवी विष्टको काेख बाट वि.सं. २०३१ मङ्सिर १ गते भूमे गाउँपालिका – ९ रुकुम पूर्वमा जन्मनुभएका  विष्ट अहिले नेपाल राष्ट्रिय मावि चुन्वाङ, रुकुम पूर्वमा शिक्षण पेशामा आवद्ध हुनुहुन्छ ।

उहाले नेपालीमा एम.एड गर्नुभएको छ । विष्ट राप्ती साहित्यकार परिषद् जिल्ला शाखा रुकुम पूर्वकाे संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । “जन्मभूमिका भाेगाइहरू” मुक्तकसङ्ग्रह पुस्तककाे समिक्षा राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सल्लाहकार तथा खलंगा बहुमुखी क्याम्पसका उपप्राध्यापक मुकुन्द शर्माले गर्नुभएको थियो । मुक्तकसंग्रहकाे लोकार्पण जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठ, उप प्रमुख महाेन बहादुर केसी, सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भूमे गाउँपालिका अध्यक्ष हाेम प्रकाश श्रेष्ठ राप्ती साहित्य परिषद् रुकुम पश्चिमका अध्यक्ष मनलाल ओली लगाएतले गर्नुभएको थियो ।

राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पूर्वमा निवर्तमान अध्यक्ष कमानसिह‌ विष्टको अध्यक्षतामा भएको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख मोहन बहादुर केसी‚ सिस्ने गाउँपालिका अध्यइ कृष्ण रेग्मी‚ भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठ‚ राप्ती साहित्य परिषद जिल्ला शाखा रुकुम पश्चिममा अध्यक्ष मनलाल केसी‚ सल्लाहकार मुकुन्द प्रसाद शर्मा लगाएतको आतिथ्यता रहेको थियो ।

जमुना गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन उर्मिला गौतमले गर्नुभएको थियो