रुकुम पूर्व महोत्सवमा आज नायक दिलिप रायमाझी र गायिका रचना रिमाल आउदै हुनुहुन्छ । पूर्वी रुकुम संस्कृती, पर्यटन, कृषी तथा व्यापार महोत्सवको आज दशौ दिन नायक रायमाझी र गायिका रिमालसँगै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

‘समृद्ध रुकुम पूर्वको आधार, कला संस्कृतीको पहिचान’ भन्ने मुल नाराका साथ चैत २३ गतेबाट सुरु भएको महोत्सव आगामी वैशाख ६ गतेसम्म चल्नेछ ।

अठाले ग्रुप प्रा.ली.को आयोजनामा चलिरहेको महोत्सवको मिडिया पार्टनरकाे रुपमा रेडियो पूर्वी रुकुम १०३.२ मेगाहर्ज रहेको छ । सिस्ने गाउँपालिका, भुमे गाउँपालिका र पुथा उत्तरगंगा गाउँपालिका यसको प्रवर्द्धकको रुपमा रहेका छन् ।