गजलकार जमुना गौतम जानुको गिति गजल ‘कयौं वचन’ बोलको गित बजारमा आएको छ । शनिबार जमुना गौतम जानु युटुब च्यानल मार्फत उक्त भिडियो गित सार्वजनिक भएको हो ।

कयौ वचन थामिराखे यो गलामा मैलेपनि
उहि व्यवहार गर्न सक्थे बदलामा मैलैपनि …

गजलकार गौतमको शब्द रहेको यस गितमा राज सागरको स्वर र संगित रहेको छ । यस गितको म्युजिक एरेन्ज बिशाल गुरुङले गर्नुभएको छ भने दिप घटनीले निर्देशन गर्नुभएको छ । गौतमको बजारमा लयाएको यो पहिलो गिती गजल हो ।

उहाँ अहिले राप्ती साहित्य परिषद रुकमु पूर्व शाखाको अध्यक्ष हुनुहुन्छ ।