१७ औ गणतन्त्र दिवस रुकुम पूर्वमा पनि विभिन्न कार्यक्रम गरी मनाइएकाे छ । गणतन्त्र दिवस मुल समारोह समितिले आज रुकुमकोटमा र्याली निकालेको थियो भने रक्त समुह परिक्षण कार्यक्रम र वक्तृवकला प्रतियोगिताको आयोजना गरेकाे थियो । बिहान ७ बजे र्यालि सहित कोण सभा र त्यसपछि वक्तृवकला प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै कार्यक्रमकाे अध्यक्ष तथा जिसस प्रमुख मेघ बहादुर श्रेष्ठले गणतन्त्र स्थापनामा सबै राजनितीक दलहरुकाे विभिन्न समयका काल खण्डमा महत्त्वपूर्ण याेगदान रहेको बताउनुभएको छ । प्रमुख श्रेष्ठले संघीय गणतन्त्रात्मक व्यवस्थालाई कार्यन्वयन तथा सब्बलिकरणमा सबैले आ-आफ्नो ठाउँबाट सकारात्मक भुमिका खेल्नुपर्ने बताउनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश समिति सदस्य तथा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले गणतन्त्र स्थापनामा सबै राजनीतिक दलहरूकाे भुमिका रहेको तर नेकपा माओवादी केन्द्रकाे नेतृत्वमा र माओवादीकाे आँट हिम्मत १० वर्षीय जनयुद्ध र १९ दिने जन आन्दोलनकाे बलमा गणतन्त्रको स्थापना भएको बताउनुभएको छ ।

त्यस्तै कार्यक्रममा बाेल्ने विभिन्न राजनितीक दलका प्रमुख तथा प्रतिनिधिहरुले व्यवस्था ठिक भएको तर व्यवस्थामा शासन गर्ने केही व्यक्तिहरुकाे भुमिकामा कम्जोरी रहेको बताउदै गणतन्त्रको रक्षा तथा गणतन्त्र सब्बलिकरणमा सबैको स्वर तथा सकारात्मक कुरामा एउटै मुद्दा र समर्थन हुन जरुरी रहेको बताएका छन ।

वक्तृत्वकला प्रतियोगितामा रुक्मिणी माध्यमिक विद्यालयका कक्षा ९ मा अध्यनरत बिद्यार्थी जेनिषा बिक प्रथम हुनुभएको छ भने रुक्मिणी माविकै शक्ति बिक दितिय हुनुभएको छ । त्यस्तै काेट माविका दिपसिका नेपाली तृतीय र त्रिभुवन जनता माध्यमिक विद्यालयका अटल गाैतम सान्त्वना हुनुभएको छ । वक्तृत्वकलामा स्थान लिने विद्यार्थीहरुलाई क्रमश ३ हजार, २ हजार, १ हजार र ५ सय सहित प्रमाणपत्रले सम्मान गरिएको छ ।

गणतन्त्र दिवसको अवसर पारेर रक्तसमुह परिक्षण तथा सुची संकलन कार्यक्रम पनि सम्पन्न भएको छ । सिस्ने गाउँपालिकाकाे सभा हलमा संचालन भएको उक्त कार्यक्रम बाट ३९ जनाले रक्तसमुह परिक्षण तथा सुची संकलन गरेका छन । जसमा AB positive ५ जना, B positive १३ जना, A positive १० जना, O positive ९ जना, O negative १ जना, B negative १ जना गरी ३९ जनाले सेवा लिएका छन ।

जिल्लामा कुनै पनि समय जाे काेहीलाई पनि रगतको आवश्यकता पर्ने भएकाले त्यो आवश्यकता र समस्यालाई समयमै पहिचान गर्ने उदेश्यले याे कार्यक्रमकाे आयाेजना गरिएको स्वास्थ्य कार्यालयका सुचना अधिकारी निम प्रसाद गिरीले जानकारी दिनुभएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्मा, तिनओटै सुरक्षा निकायका प्रमुखहरु जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनिधिहरु, बुद्धिजीवी तथा शिक्षक विद्यार्थीहरु, पत्रकार लगायतको उपस्थित रहेको कार्यक्रमकाे सहजीकरण जिसस समन्वय अधिकारी रवीन्द्र बुढा क्षेत्रीले गर्नुभएको थियो ।



