रुकुम पुर्वको सिस्ने गाउँपालिकाले सडक चौडा बनाउनको लागि सार्वजनिक क्षेत्रमा रहेको महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे भवन भत्काएको छ । गाउँपालिकाले शुक्रवार राती डोजर लगाएर भवन भत्काएको हो ।
गाउँपालिका, ६ नम्बर वडा र सहकारीको बिचमा भवन भत्काउने सम्बन्धमा लामो समययता सहमती हुन सकेको थिएन । सडक चौडा बनाउन भवन भत्काउनै पर्ने भएको हुँदा गाउँपालिकाले गाउँ कार्यपालिकाबाट निर्णय गरेरै बारम्बार सूचना प्रकाशन गर्दै आएको थियो । विभिन्न मितिमा सहकारी भवनमा भएका सामान व्यवस्थापन गर्न सल्लाह सुझाव दिदै आएता पनि सहकारिले अटेरी गरेपछी गाउँपालिका र वडा आफैले सहकारीको सामान बाहिर निकालेर भवनमा डोजर चलाएको गाउँपालिकाले जनाएको छ ।
रुकुमकाेट – धावन्ने सडक खण्ड अन्तर्गत सडक ८ मिटर चाैडा गर्नुपर्ने भएकाले भौतिक पुर्वाधार विकास कार्यालय रुकुम पुर्वको चिठी अनुसार र गाउँ कार्यपालिकाकाे निर्णय अनुसार पटकपटक भवन खाली गर्न सहकारीलाई आग्रह गर्दा पनि भवन खाली नगर्दा गाउँपालिकाले भवन भत्काउन बाध्य भएको गाउँपालिकाले जनाएको छ ।
त्यस्तै गाउँपालिकाले ६ महिना सम्मको लागि तरकारी संकलन केन्द्रबाट संस्थाकाे काम कार्वाही अगाडि बढाउन आग्रह गर्दा पनि सहकारी संस्थाले नमानेपछि गाउँपालिकाले याे कदम चालेको गाउँपालिकाकाे भनाइ छ ।
सहकारी संस्थाकाे भवन गाउँपालिकाले भत्काएपछि सहकारी सञ्चालक समितिले भने असन्तुष्टि व्यक्त गरेको छ । समितिले गाउँपालिका सँग भवन खाली तथा व्यवस्थापन गर्न भन्दै कात्तिक मसान्तसम्म समय माग गरिए पनि गाउँपालिकाले आफुहरुकाे मागलाई व्यवस्था गरि एकतर्फी ढङ्गबाट अगाडि बढेको सहकारी सञ्चालक समितिकाे भनाइ छ ।
२०७० सालमा स्थापना भएको यस सहकारीले २०७१ साल फागुनदेखि विधिवत तरिकाले दर्ता प्रक्रियामा गई कामकाे सुरुवात गरेको थियो अहिले याे रुकुमकाेट महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा ४ यस ८० जना सेयर सदस्य रहेका छन ।