रुकुम पूर्वको सिस्ने गाउँपालिकामा स्थानीय बाल अधिकार समितिका सदस्यहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ । आज सिस्ने गाउँपालिकामा स्थानीय बाल अधिकार समितिका सदस्य तथा सरोकारवालाहरुका लागि बाल अधिकार समितिको काम, कर्तव्य, बाल विवाह जस्ता विषयवस्तुमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरीएको हो ।

स्थानीय तहमा गाउँपाललिका उपाध्यक्षको संयोजकत्वमा स्थानीय बाल अधिकार समिति निर्माण गरीएको हुन्छ । वडामा वडाध्यक्षको संयोजकत्वमा स्थानीय बाल अधिकार समिति हुन्छ ।  सिस्ने गाउँपालिकामा भने स्थानीय बाल अधिकार समिति गठनको प्रकियामा छ । आजको कार्यक्रममा स्थानीय बाल अधिकार समितिले के कसरी काम गर्ने तथा समितिका काम, कर्तव्य के कस्ता छन् भनेर अभिमुखिकरण कार्यक्रममा सहभागिहरुलाई जानकारी गराईएको छ ।

कार्यक्रममा बाल अधिकारको पृष्ठभूमी, बाल अधिकारको ऐतिहासिक पृष्ठभूमी, बाल अधिकारका समुह, बालबालिकाको सहभागिताको अधिकार, बालकालिका सम्बन्धी ऐन २०७५, बाल संरक्षण समिति एंव बाल अधिकार  समितिका काम, कर्तव्य र अधिकार, बाल विवाह र यसका असहहरुका बारेमा जानकारी गराईएको छ ।

कार्यक्रमको सहजिकरण ग्रामिण स्वास्थ्य सुधार परियोजनाका संयोजक उदय केसीले गर्नुभएको थियो । यस्तै कार्यविधिको बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवत बहादुर बुढाथोकिले जानकारी गराउनुभएको थियो ।

सामाजिक विकासम समिति संयोजक तिर्था पुनको अध्यक्षतामा भएको कार्यक्रममा सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकी, सिस्ने गाउँकार्यपालिका सदस्य सुर्य बहादुर नेपाली लगाएतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सरोकारवाला निकायका विभिन्न व्यक्तीसँगै बालबालिकाहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन सहायक महिला विकास निरिक्षक सुनिता खड्काले गर्नुभएको थियो ।