अम्मर खत्री

रूकुम पूर्वमा बाल सञ्जाल सिस्ने गाउँपालिकाकाे पुर्न गठन गरिएको छ । आज शुक्रबार एक कार्यक्रमकाे आयोजना गरि टीका केसीको अध्यक्ष तामा १७ सदस्यीय बाल सञ्जाल गठन गरिएको हो ।  जसको उपाध्यक्षमा जर्मन बुढा, सचिवमा रमिता रसाइली, सहसचिवमा भक्ती नाथ र काेषाध्यक्षमा मनिकरण खड्का सर्वसम्मत चयन हुनुभएको छ । बाल सञ्जाल सिस्ने गाउँपालिकाले बाल विवाह, बाल हिंसा, बाल श्रम शाेषन दमन बिरुद्ध काम गर्ने बताएको छ ।

बाल सञ्जाल सिस्ने गाउँपालिका निवर्तमान अध्यक्ष अम्मर खत्रीकाे अध्यक्षतामा भएको पुर्न गठन कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख उपस्थिति रहेको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष गाेपाल रेउले, कार्यपालिका सदस्य तिर्था पुन, सुर्य बहादुर नेपाली, प्रमुख प्रशासकी अधिकृत रेबत बहादुर बुढाथोकी, शिक्षा शाखा प्रमुख मंगल सिह बुढा, बालबालिका शाखा प्रमुख सुनिता खड्का लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमकाे संचालन टीका केसीले गर्नुभएको थियो ।