नेकपा माओवादी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अखिल क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष पञ्चा सिंहले शैक्षिक संवाद मार्फत आउने सुझाव अनुरुप विद्यालयस्तरिय योजना बनाउने बताउनुभएको छ । आज रुकुम पूर्वको रुकुमकोटमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति रुकुम पूर्वद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
“अहिलेको एसईईको नतिजाले हामीलाई सोच्न बाध्य बनाएको छ, ” उहाँले भन्नुभयो, “विद्यालयस्तरमा गुणस्तरिय शिक्षाको कुरादेखी लिएर विद्यालयमा समयमै पाठ्यपुस्तक पुगे नपुगेका कुराहरुलाई समेत ध्यानमा राखेर विद्यार्थीको हक हितको लागि हामीले काम गर्ने छौ ।” अिहले शिक्षाको गुणस्तर खस्किदै गएको बताउदै अब देशभरमा अनेरास्ववियू क्रान्तिकारीले शैक्षिक संवाद गर्ने र शैक्षिक संवादको क्रममा आएका सल्लाह सुझाव मार्फत योजना बनाएर काम गर्ने उहाँको भनाई छ ।
यस्तै निकट भविष्यमै हुन लागेको २३ औ राष्ट्रिय सम्मेलनबाट प्रत्यक्ष निर्वाचन प्रणालीबाट अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्ने उहाँले बताउनुभएको छ । यस विषयमा पार्टी नेतृत्वसँग पिन यो विषयमा छलफल भइसकेको बताउदै उहाँले विगतमा दिनमा सेलेक्सनले पार्टी र संगठनमा क्षयीकरणल भएको भन्दै अब इलेक्सनबाट नयाँ नेतृत्व चयन गर्ने कुरामा दुईमत नभएको भनाई उहाँले राख्नुभएको थियो ।
नयाँ बन्न लागेको एमाले–कांग्रेस गठबन्धनले उठाइरहेको संविधान संशोधनको कुराले विद्यार्थी संगठनलाई सनसनी बनाइरहेको बताउनुभयो । विभिन्न योगदान र बलिदानीबाट उत्पिडित जाती वर्गको हक हितको रक्षा गर्दै आइरहेको संविधानलाई संशोधन गर्ने कुरा गरेर एमाले-कांग्ररेसले उत्पिडित जाती र वर्गको अधिकारलाई कुण्ठित गर्न खोजेको सिंहले बताउनुभएको छ । “नेकपा माओवादी केन्द्र सधै समृद्धी र सुशासनको पक्षमा छ । एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछी पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीले राजिनामा निदने तर विश्वासको मत लिने निर्णय भइसकेको छ । यदी विश्वासको मत प्राप्त हुन नसकेपनि माओवादी प्रतिपक्षमा बसेर जनताको आवाज उठाउन तयार छ, उहाँले भन्नुभएको छ।”