रुकुम पूर्वमा पहिरोमा परेर एक बालकको मृत्यु भएको  छ । सिस्ने गाउँपालिका २ नम्बर वडाको दल्लुगैरामा गएराती पहिरो जादा सिस्ने गाउँपालिका १ नम्बर वडा सल्लिबिसौना(भट्टेचौर) का वर्ष ११ का सरगम बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक हरि प्रशाद भट्टराईले जानकारी दिनुभएको छ ।

गोठमा सुतिरहेको बेलामा पहिरो झर्दा एकै परिवारका चार जनालाई पहिरोले बगाएको थियो । बाकी तिन जनाको अवस्था भने गम्भिर रहेको प्रहरीले जनाएको छ । मृतक बालकका बुबा ४० वर्षका कर्ण बहादुर बुढा र आमा ‍३८ वर्षकी गम्मा बुढा र बहिनी ९ वर्षकी तिलसरा बुढाको अवस्था गम्भिर रहेको प्रहरी निरिक्षक भट्टराईले जानकारी दिनुभएको छ । उहाँका अनुसार घाइते तिनै जना बोल्न नसक्ने अवस्थामा छन् । उनिहरुलाई उपचारको लागि रुकुमकोट तर्फ ल्याइदै छ ।

पहिरोले पशुचौपायमा समेत क्षती पुगेको छ ।