
रुकुम पूर्वमा श्रीमानले आफ्नै श्रीमतीको घाटी रेटेर हत्या गरेका छन् । भूमे गाउँपालिका वडा नम्बर ६ तमारीका २७ वर्षका दामे भनिने जिवन ओलीले आफ्नै श्रीमती २५ वर्षकी अप्सरा ओलीलाई खुकुरीले घाटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी एवम् प्रहरी निरिक्षक हरी भट्टराईले जानकारी दिनुभएको छ ।
ओलीले गएराती श्रीमतीको घाटी रेटेर हत्या गरी घरदेखी सय मिटरको दुरीमा रहेको खोल्सामा फालिएको अवस्थामा सव फेला परेको प्रहरी निरिक्षक भट्टराईले बताउनुभएको छ । उहाँकाअनुसार हत्यामा संलग्न भनिएका मृतकका श्रीमान जीवन ओली ५ वर्षका छोरा आयुस ओलीलाई साथमा लिएर फरार रहेका छन् ।
उनको खोजी कार्य चलिरहेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । सवको भने रुकुम पूर्व अस्पतालमा पोष्टमार्टव गरिएको छ ।