
नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले समाजवादको भ्रुण रुकुम पूर्वबाटै रोप्नुपर्ने बताउनुभएको छ । आज तकसेरामा नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पूर्वको बैठकमा प्रशिक्षणमुलक मन्तव्य राख्दै उहाँले समाजवादको भ्रुण रोप्न रुकुम पूर्वबाटै थालनी गर्नुपर्ने बताउनुभएको हो ।
एकै पटकमा समाजवाद ल्याउन सम्भव नभएपनि त्यसको सुरुआत भने गर्नुपर्ने बताउदै उहाँले जनयुद्धको आधार इलाका रुकुम पूर्वबाटै त्यसको सुरुआत गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टीले हिजो गरेको जनयुद्धलाई नयाँ तरिकाले आजको दिनमा उचाईमा पुर्याउनुपर्ने उहाँको भनाई छ ।
यस्तै माओवादी पार्टीप्रती जनताको लहर फेरी बढ्न थालेको बताउनुभएको छ । अहिलेको वर्तमान सरकारले गरेको गतिविधी र दिने अभिव्यक्ती देश र जनताको हित विपरित छ । यो कुरा जनताले जनताले पनि बुझ्दै जादा अब माओवादी नै ठिक भन्ने खालको कुरा जनमानसमा पर्दै गएको उहाँले बताउनुभएको छ । अब पार्टीले पनि जनभावनाको कदर गर्दै त्यसै अनुसारको योजना बनाएर काम गर्नुपर्नेमा पार्टी प्रदेश अध्यक्ष बरालले जोड दिनुभएको छ । जनताको माझमा गएर राम्रो काम गर्नको लागि पार्टीभित्र एकता हुन जरुरी रहेको बताउदै उहाँले विगतमा भएका टुटफुट र असमझदारीलाई बिर्सेर सबैले आत्मालोचना गरे अगाडी बढ्न आग्रह गर्नुभएको छ ।