नेकपा माओवादी केन्द्रका स्थाई कमिटीका सदस्य एवम् पूर्व आपूर्ती मन्त्री गनेशमान पुनले पुराना राजनितिक दलहरु रुपान्तरण हुन आवश्यक रहेको बताउनुभएको छ । आज नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिती रुकुम पूर्वको बैठकमा प्रशिक्षणमुलक मन्तव्य राख्दै यस्तो बताउनुभएको हो ।
अहिलेका राजनितिक दलहरुको जुन खालको प्रवृती छ, यो खालको प्रवृती जनताले मन नपराएको बताउदै उहाँले अब परिवर्तन हुन आवश्यक रहेको औल्याउनुभएको हो । अहिलेको परिवेशले नयाँ भिजनको मान्छे खोजिरहेको हुँदा यो आवश्यकतालाई बुझेर पार्टीले योजना बनाएर काम गर्नुपर्ने बताउनुभएको छ ।
साम्राज्यवादीहरुको चलखेलले खतराको संकेत देखाएको बताउदै त्यसतर्फ सजग हुनुपर्ने बताउदै स्थाई कमिटी सदस्य पुनले यसको सामना गर्ने नेतृत्व नेकपा माओवादीले नै जन्माउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘साम्राज्यावादीहरु सैन्य सम्झौतामा कहिन कतै हामीलाई झुकाउने, पहाडमा जातजातीलाई टुटाउने खेल खेलिरहेको छ । यसले गर्दा पनि संघियताको पहिचानलाई बचाईराख्नको लागि माओवादीले नै नेतृत्व जन्माउन आवश्यक छ ।