रुकुमपूर्व पुथाउत्तरङ्गा गाउँपालिका–१२ गोल्खाडाका जनसमुदायसँग नेकपा माओवादी केन्द्रले भेटघाट गरेको छ । आज मङ्गलबार उपनिर्वाचनको चुनाव प्रचारप्रसार कार्यक्रम अनुसार माओवादी केन्द्रले गोल्खाडाका जनसमुदायसँग भेटघाट गरेको हो ।
गोल्खाडाका जनसमुदायले माओवादी केन्द्रका कार्यकर्तासँग विभिन्न विकास योजना माग गरेका छन । साथै आएका योजना गुणस्तरीय रुपमा विकास सम्पन्न गर्न समुदायले आग्रह गरेका छन ।
कमाण्ड नम्बर ३ प्रचारप्रसार संयोजक गङ्गाबहादुर पुनले माओवादीले बोकेका एजेण्डाहरु जानकारी गर्नुभएको थियो । गाउँ ठाउँको विकास गर्न माओवादी बाहेक अरु पार्टीको सहि भिजन नभएको पुनले बताउनुभयो । विकासको काम गर्ने माओवादीका उम्मेदवारलाई भोट दिन पुनले समुदायले आग्रह गर्नुभएको छ ।
गोल्खाडामा जनभेटघाट कार्यक्रममा पुन सहित राजबहादुर बुढा, वाइसिएल जिल्ला संयोजक नामेन्द्र सुनार, जनवादी कलाकार प्रकाश रन्का, अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष बिमल बिक लगायतको उपस्थित रहेको थियो ।