नेपाल कम्युनिस्ट पार्टी नेकपा माओवादी केन्द्रले यहीँ मंसिर १६ गते हुने उप निर्वाचनको चुनावी सभा लाई तिव्र पारेको छ । आज मंगलबार पालिकाको सेरा, घुम्लीबाङ, तुपाँ लगायतका ठाउँमा चुनावी सभा कार्यक्रम सम्पन्न गरिएको अनेरास्ववियू क्रान्तिकारी रुकुम पूर्वका जिल्ला सचिव अम्मर खत्री जानकारी दिनुभएको छ ।
यतिबेला रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा उपनिर्वाचनको चहलपहल बढी रहेको छ । मंसिर १६ गते हुन गइरहेको पुथाउत्तरगंगा गाउँपालिकाको उपनिर्वाचनका लागि माओवादी केन्द्रले आफ्नो चुनावी सभा, घरदैलो, जनभेटघाट जस्ता कार्यक्रमलाई आफ्नो उम्मेदवार सहित तिव्र पारेको हो ।
आजको चुनावी सभा कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पुर्व मन्त्री गणेशमान पुन, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज तेजबहादुर ओली, केन्द्रीय सदस्य तथा वाईसीएल नेपालका केन्द्रीय अध्यक्ष सोबोध राज शेर्पाली, पार्टीका प्रदेश समिति सदस्यहरु धनमान पुन र जीवन केसी लगायतका जिल्ला तथा पालिका स्तरीय नेताहरू, वाइसीएल र बिद्यार्थी नेताहरू, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।