रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्षमा नेकपा माओवादीको केन्द्रकी नरपुरा बुढा विजयी हुनुभएको छ । मंसिर १६ मा भएको उपनिर्वाचनमा एमाले-कांग्रेस गठबन्धनबाट उम्मेद्वार बन्नुभएकी केशकुमारी तुलाचनलाई फराकिलो मतान्तरले पछि पार्दै बुढा विजयी हुनुभएको हो ।
बुढाले ३ हजार ६२७ मत ल्याउँदा गठबन्धनबाट कांग्रेसको चुनाव चिन्हमा लड्नुभएको एमालेकी केशकुमारी तुलाचन २ हजार १२८ मतमा रोकिनुभयो । बुढाले गठबन्धनलाई १ हजार ४९९ मतान्तरले पराजित गर्नुभएको हो ।
यस्तै पुथा उत्तरगंगा गाउँपालिकाको २ नम्बर वडामा भने नेकपा माओवादी केन्द्रका जगत घर्ती यस अघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ । पुथा उत्तरगंगा गाउँपालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र २ नम्बर वडाध्यक्ष जस बहादुर शिर्पालीको गाडी पदुर्घटनामा परी मृत्यु भएको थियो ।