नरपुराले कक्षा १० सम्म गाउँकै पर्वत मावि कोलमा अध्ययन गर्नु भएको थियो । भने प्लस टु रुकुमकोटमा रहेको रुक्मिणी माविमा अध्ययन गर्नु भएको हो । जनतालाई सेवा दिनका लागि गाउँकै मान्छेसँग नरपुरा बुढा गाउँमै विगत ६ वर्ष देखि साना किसान सहकारी संस्थामा अध्यक्ष भइ काम गर्दै आउनु भएको छ । सहकारी मार्फत जनतालाई सहुलियत दरमा ऋण दिने, बचत संकलन र कृषकका उत्पादनलाई बजारीकरण गर्ने काम गर्दै आउनु भएको छ । २३ वर्ष उमेरमा उहाँले कोल गाउँकै जितबहादुर पुनसँग विवाह गर्नु भएको हो । श्रीमान हाल वैदेशिक रोजगारीमा हुनुहुन्छ । नरपुराका ३ छोरा र एक छोरी छन् । चार छोराछोरी नै हाल पढाइको शिलशिलाका लागि काठमाण्डौँ हुनुहुन्छ । नरपुराले कोल स्वास्थ्य चौकी पनि ९ महिना महिला स्वास्थ्य स्वयमसेविका भइ काम गरेको अनुभव छ ।
जनताको सेवा गर्ने स्वभाव उहाँको मात्र थिएनन् । उहाँको स्वर्गीय बुवा र पुथाउत्तरगंगा गाउँपालिकाका उपाध्यक्ष उहाँका बहिनी स्वर्गीय भुपेन्द्रा बुढामा पनि जनताका सेवामा लागिरहने गर्नु भएको थियो । यहाँका बुवा कृष्णबहादुर बुढा पनि वि.सं. २०२७ देखि ७ वर्ष सम्म प्रधानपञ्च भइ काम गर्नु भएको थियो भने २०३५ सालमा जिल्ला पञ्चायत सदस्य भइ काम गर्नु भएको थियो । र कम्युनिस्ट पार्टीको रुकुमको संस्थापक सदस्य पनि हुन् ।
कृष्णबहादुरका दुई श्रीमती हुनुहुन्थ्यो । जसमा नरपुरा जेठी श्रीमतीबाटको जेठी छोरी हुनुहुन्छ । कृष्णबहादुरका जेठी श्रीमतीबाट तीन बहिनी र एक छोरा हुनुहुन्छ । भने कान्छी श्रीमती गोपिमाया बुढाबाट २ छोरा र एक छोरी जन्मिनु भएको थियो । जसमा एक छोरी स्वर्गीय भुपेन्द्रा बुढा नै हुन् । २०७९ सालको स्थानीय तहको निर्वाचनमा भुपेन्द्रा बुढा माओवादी केन्द्रबाट गाउँपालिकाको उपाध्यक्ष पदमा भारीमतले निर्वाचित हुनु भएको थियो । निर्वाचित भइसकेपछि बुढाले रातदिन नभनी जनताकै काममा अग्रसर भइ काम गरिराख्नु भएको थियो । २०८१ भदौ २८ गतेका दिन भुपेन्द्राले काठमाण्डौँबाट आफ्नो आमाको उपचार गरी गाउँपालिका फर्किने क्रममा बाग्लुङमा सवारी दुर्घटनमा परी उपाध्यक्ष भुपेन्द्रा बुढासँगै आमा गोपियामा बुढा र २ नम्बरका वडाध्यक्ष जसबहादुर शेर्पालीको निधन भएको थियो ।
भुपेन्द्राको निधनपछि नरपुराले बहिनीले कोर्नु भएको विकास, निर्माण र विपन्न परिवार जनताका सेवा गर्ने अधुरो सपना पूरा गर्नका लागि नरपुरा उपाध्यक्ष पदको उम्मेदवार हुन तयार हुनु भएको थियो । र उहाँले उपाध्यक्ष पदमा निर्वाचित हुनु भएको छ ।
एमाले–काँग्रेसको गठबन्धनलाई भारी मतान्तरले उपाध्यक्ष बुढा पुनको जित
रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष पदमा एमाले–काँग्रेसको गठबन्धनलाई भारी मतान्तरले नेकपा माओवादी केन्द्रका उम्मेदवार विजय हुनु भएको छ । एमालेका केशकुमारी तुलाचनले काँग्रेसको चुनाव चिन्ह लिनु भएको थियो ।
एमाले–काँग्रेसका उम्मेदवार तुलाचनलाई माओवादी केन्द्रका उम्मेदवार नरपुरा बुढा पुनले पराजित गर्नु भएको छ । एमाले–काँग्रेसका उम्मेदवार तुलाचनले दुई हजार एक सय २८ मत प्राप्त गर्दा माओवादी केन्द्रका बुढा पुनले तीन हजार ६ सय २७ मत प्राप्त गरी भारी मतान्तरले बुढा पुन विजय हुनु भएको हो । माओवादी केन्द्रका बुढा पुनले एक हजार चार सय ९९ मतान्तरले गठबन्धनका उम्मेदवार तुलाचनलाई पराजित गर्नु भएको छ ।
यस गाउँपालिकामा ११ हजार एक सय ८० जना मतदाता रहेकोमा पाँच हजार नौ सय ३१ मत मात्र खसेको थियो । २०७९ सालको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भुपेन्द्रा बुढा र वडा नम्बर २ को वडाध्यक्ष जसबहादुर शेर्पाली सवारी दुर्घटनामा परी उहाँहरू निधन भएपछि उपनिर्वाचन भएको हो । जसमा भुपेन्द्राकै दिदी नरपुरा बुढा पुन माओवादी केन्द्रबाट भारीमतले निर्वाचित हुनु भएको छ । २ नम्बर वडाध्यक्षमा भने यस अघि नै माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसक्नु भइको छ ।
साभारः समाबेशी मिडिया