नेकपा माओवादी केन्द्र सिस्ने गाउँपालिकाकाे तेस्रो गाउँ सम्मेलनले पुरानै कार्यसमितिले निरन्तरता पाएकाे छ । एक उपाध्यक्ष र सह-सचिवमा नयाँ अनुहार आउदा अरु पदाधिकारीहरुमा पुरानै टिम आएको हाे ।

जसमा मन्सराम खड्का ( भिक्टर ) अध्यक्षमा, गाेबर्धन बुढा ( क्षितिज ), शान्ते बहादुर वि.क. करण के.सी. सचिवमा दाेहाेरिनुभएकाे छ भने रेवन खड्का उपाध्यक्षमा, सुधन रेग्मी सह-सचिवमा र आस्था बि.क काेषाध्यक्षमा आउनुभएको छ ।

जसमा ५ जना पछि मनाेनित गर्ने गरि ४५ सदस्यीय सिस्ने गाउँ कार्यसमिति चयन गरिएको निर्वाचन समितिका संयाेजक तिव्र गौतमले जानकारी दिनुभएको छ ।

नयाँ पार्टी कार्यसमितिलाई बधाई तथा शुभकामना मन्तव्य राख्दै पार्टीका स्थायी समिति सदस्य गणेशमान पुनले याे कार्यसमितिले सिस्नेकाे कुरा, रुकुमकाेट भ्यालीकाे कुरा गाउँपालिका भित्र रहेका सानासाना बजारहरुका कुरालाई विकास गर्न स्पेसल खाका तयार गर्न सुझाव दिनुभएको छ । नेता पुनले माओवादीकाे एजेन्डाहरुलाई स्थापित गर्ने कुराहरुमा याे कार्यसमितिले काम गर्ने बताउनुभएको छ ।

पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य पुर्णबहादुर घर्तीले याे कार्यसमितिले देशको बारेमा जस्तोसुकै परिस्थितिमा पनि पार्टीको निर्देशन अनुसार काम गर्नसक्ने लिडर निर्माण गर्ने कुरामा ध्यान दिन आग्रह गर्नुभएको छ ।

नेकपा माओवादी केन्द्र सिस्ने गाउँ समितिकाे अध्यक्षमा दाेहाेरिनुभएका अध्यक्ष भिक्टरले अब एक ढिक्का भएर सामुहिक निर्णय सामुहिक सहमति जस्ता कुराहरूलाई याे कार्यसमितिले ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले हरेक पार्टी भित्र र बाहिर भएका अन्तर बिराेधहरुलाई साझा ढङ्गबाट सबैले आत्मसात गर्न आफु प्रतिबद्ध रहेको बताउनुभएको छ ।

निर्वाचित हुने सबै कार्यसमितिलाई प्रमाणपत्रकाे साथ टीका लगाएर बधाई ज्ञापन गरिएको छ ।