
रुकुम पूर्व सिस्ने गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले पुसको २८ गते सुभारम्भ गर्नुभएको १६ औं गाउँसभा कार्यविधी तथा विभिन्न प्रतिवेदन र प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको हो ।
१६ औं गाउँसभाले स्थानीय पूर्वाधार मर्मत सम्भार कार्य संचालन कार्यविधी २०८१ पारित गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेवत बहादुर बुढाथोकीले जानकारी दिनुभएको छ । उहाँका अनुसार गाउँसभामा पेश भएका विधायन समिती प्रतिवेदन, सुशासन समिती प्रतिवेदन, लेखा समिती प्रतिवेदन पास भएका छन् । यस्तै राजश्व परामर्श समितीको प्रस्ताव र बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव गाउँसभाबाट पारित भएको प्रमुख प्रशासकिय अधिकृत बुढाथोकीले बताउनुभएको छ ।