
रुकुम पूर्वमा भएको पालिका स्तरीय मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा पुथा उत्तरगंगा गाउँपालिका विजयी भएको छ । आज भएको फाइनल खेलमा सिस्ने गाउँपालिकालाई ९५ रनले हराउदै पुथा उत्तरगंगा गाउँपालिका विजयी भएको हो ।
जिल्लाको भूमे गाउँपालिका ६ महत रंगशालामा २० ओभरको फाइनल खेलमा पुथा उत्तरगंगा गाउँपालिकाले टस जितेर ब्याटिङ रोजेको थियो । १ सय ९६ रनको तार्गेट दिएको पुथा उत्तरगंगा गाउँपालिकालाई जवाफी ब्याटिङमा सिस्ने गाउँपालिका १ सय रनमा अल आउट भयो ।
जितको लागि पुथा उत्तरगंगा गाउँपालिकाका रितेश बुढाथोकीले १ सय १ रनको सेन्चुरी मार्नुभयो । बुढाथोकीले खेलमा ३ विकेट लिएर उत्कृष्ट खेल प्रदर्शन गर्नुभएको थियो । प्लेयर अफ द सिरिज पनी बुढाथोकी नै घोषित हुनुभयो ।
सिस्ने गाउँपालिकाको लागि करण खड्काले सर्वाधिक ३१ रन जोड्नुभयो । रुकुम पूर्वका ३ वटा गाउँपालिकाका ४ टिम सहभागी खेलमा भूमे भूमे गाउँपालिकाले तृतिय स्थान हासिल गरेको छ ।
यहि माघको १६ र १७ गते भएको खेलमा पुथा उत्तरगंगा गाउँपालिकाको बी समुहलाई ६ विकेटले पराजित गर्दै सिस्ने गाउँपालिका र भूमे गाउँपालिकालाई ९९ रनले पराजित गर्दै पुथा उत्तरगंगा गाउँपालिकाको टिम ए फाइनल प्रवेश गरेका थिए ।