जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएको छ । आईतबार बसेको १० औँ  कार्यपालिका बैठकले  सार्वजनिक बिदा दिने निर्णय गरेको  हो ।

जनयुद्ध दिवसलाई भव्य रूपमा मनाउनको लागि एक दिन सार्वजनिक बिदा दिएकाे गाउँपालिकाले जानकारी दिएको छ । हरेक वर्ष जनयुद्ध दिवसको अवसरमा पालिकाकाे २ नम्बर वडा जिपुमा जनवादी मेला गर्दछ ।

फागुन १ गते जनयुद्ध दिवस मनाउने गरिएकाे छ ।