रुकुम पूर्वको सिस्ने गाउँपालिकामा सञ्चालन भएको पालिकास्तरीय छैठौं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगितामा २६ पदक हात पार्दै सिस्ने गाउँपालिका ५ मा रहेको रुक्मिणी माविले शिल्ड हात पारेको छ । रुक्मिणी माविले १३ स्वर्ण, ९ रजत र ४ कास्य गरी २६ पदकसहित शिल्ड हात पारेको हो ।

यस्तै ८ स्वर्ण, ५ रजत र ९ कास्य गरी २२ पदकसहित सिस्ने गाउँपालिका ६ मा रहेको त्रिभुवन जनता मावि छिप्रिदहले दोस्रो स्थान हासिल गरेको छ । ५ स्वर्ण, ६ रजत र ७ कास्य गरी १८ पदक सहित सिस्ने ३ मा रहेको जनता मावि पोखराले तृतिय स्थान हासिल गरेको छ ।

यही माघको २४ गतेबाट सुरु भई २९ गतेसम्म सञ्चालन भएको शिल्डमा छात्र छात्रा भलिबल, कबड्डी, ३ हजार र १५ सय मिटरको दौड, हाइजम्प, लङ्ग जम्प, त्रिपलजम्प, सटफुट, भाला, रिले दौड लगाएतका प्रतियोगिताहरु सञ्चालन गरिएको सिस्ने गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख मंगलसिंह बुढाले जानकारी दिनुभएको छ । प्रतियोगितामा भाग लिएर स्थान प्राप्त गरेका खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

शिल्ड रुक्मिणी माध्यामिक विद्यालयको प्राङ्गनमा सञ्चालन गरिएको थियो ।