रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ६ का हिमबहादुर महताराकाे बागलुङमा सडक निर्माणका क्रममा मृत्यु भएको छ ।

१५ वर्षीय महताराकाे बागलुङ गलकोट नगरपालिका वडा नम्बर २ मा सडक निर्माणको क्रममा कंक्रिट मिक्सर मेसिनमा च्यापिएर मृत्यु भएको हो ।

काम गर्ने क्रममा लुगा बेरिएर मिक्सरमा च्यापिएका उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । उनी एक महिना देखि बागलुङमा सडक निर्माणमा काम गर्दै आएका थिए ।