
अखिल (क्रान्तिकारी) रुकुम पुर्वले जिल्लाको एक मात्र क्याम्पस सिस्ने शिक्षा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्ष, सचिव र कोषाध्यक्षको उम्मेदवार टुंगो लगाएको छ ।
संगठनका केन्द्रीय उपाध्यक्ष सन्दीप पुनको उपस्थितिमा बसेकाे कार्यालय बैठकले अखिल (क्रान्तिकारी) जिल्ला सचिव अम्मर खत्रीलाई स्ववियु अध्यक्षकाे उम्मेदवार सर्वसम्मत बनाएको हो ।
जस अनुसार सचिव बिशाल घर्ती र कोषाध्यक्षमा अनुपा वि.क. लाई उम्मेदवार बनाएको अखिल (क्रान्तिकारी) रुकुम पुर्वले जानकारी दिएको छ ।