
काठमाडौंबाट रुकुम पूर्वको रुकुमकोट आइरहेको बसमा एक जना यात्रुको मृत्यु भएको छ । काठमाडौंबाट रुकुमको लागि मंगलबार दिउसो छुटेको प्रदेश-३-०१-००५ ख ९५४२ नम्बरको बसमा सवार एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।
बसको बि १ नम्बर सिटमा बसेका ति यात्रुको नाम थर र ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरिक्षक एवम् सूचना अधिकारी हिम बहादुर के सी ले जानकारी दिनुभएको छ । उहाँकाअनुसार काठमाडौंबाट छुटेको गाडी आज दिउसो १२ बजेतिर रुकुमकोट पुगेको थियो ।
अन्दाजी ५०/५५ वर्षको जस्तो देखिने ती व्यक्तीलाई गाडीमा अन्य यात्रुले अचेत अवस्थामा रहेको भनेर खबर गरेपछी तत्कालै रुकुम पूर्व अस्पतालमा लैजादा अस्पतालले मृत घोषणा गरेको सूचना अधिकारी के सी ले बताउनुभएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्हरी कार्यालय रुकुम पूर्वले बताएको छ ।