
रुकुम पूर्वमा भएको १६ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि सिस्ने गाउँपालिकाले उचालेको छ । १६ स्वर्ण पदक हात पार्दै सिस्नेले सिल्ड उचालेको हो ।सिस्नेले ११ रजत र ७ काश्य पदक हात पारेको प्रदेश खेलकुद परिषदका सदस्य हरी बहादुर थापाले जानकारी दिनुभएको छ ।
उहाँकाअनुसार भूमे गाउँपालिकाले १० स्वर्ण ९ रजत र ८ काश्य पदक हात पार्दै दोस्रो स्थान हासिल गरेको छ । पुथा उत्तरगंगा गाउँपालिकाले ४ स्वर्ण, १० रजत र १२ काश्य पदक हात पार्दै तेस्रो स्थान हासिल गरेको छ ।
सिल्डमा एथ्लेटिक्सतर्फ छात्र छात्रा (ज्याबलिन थ्रो, सटपुट, हाईजम्प, लङ्गजम्प, त्रिपलजम्प, ३००० मिटर, १५०० मिटर, ८०० मिटर, ४०० मिटर, १०० मिटर र २०० मिटर दौड, ४×१०० मि रिले दौड, ४×४०० मि रिले दौड), भलिबल, कबड्डी, प्रतियोगिता सञ्चालन गरिएको थियो ।
१७ गतेबाट रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ मा रहेको रुक्मिणी माध्यामिक विद्यालयको प्राङ्गणमा सिल्ड सञ्चालन भएको थियो ।