बालाराम शेर्पाली

रुकुम (पूर्व)को भूमे गाउपालिका वडा नम्बर ८ को भलाबोटमा कुखुरा पालनका लागि आवश्यक सामाग्री वितरण गरिएको छ । भूमे गाउँपालिका को २०७९÷८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार सामाग्री वितरण गरिएको हो । ग्रामीण कुखुरा प्रवद्र्धन कार्यक्रम कुखुरा पालन गर्न इच्छुक किसानहरुले सामाग्री पाएका छन्। । सामाग्री पाउनेमा भलाबोट टोलमा गठित कुखुरा पालन कृषक समूहका २० जना सदस्य रहेका छन । किसानहरुले चारो, पानी खाने भाडा, दाना र आवश्यक अ‍ौषधी पनि पाएका छन ।

समूहका सदस्यहरुका लागि १ दिने अभिमुखिकरण तालिम को आयोजना गरिएको थियो । भूमे ८ का वडाध्यक्ष दिनेश रोकाले ती सामाग्री किसानलाई हस्तान्त्रण गर्नुभएको हो । सामाग्री वितरण गर्दै अध्यक्ष रोकाले यो सहयोग विपन्न किसानहरुको लागि ठूलो आम्दानीको स्रोत बन्न सक्ने बताउनु भएको छ । सामाग्री पाएसंगै किसानहरु खुसी भएका छन ।

२१ गते बिहान सोही समूहहरुलाई कुखुरा वितरण गर्ने कार्यक्रम रहेको छ । कुखुरा विकास फर्म खजुरा बाकेबाट खरिद गरिएको ८ हप्ते कुखुरा वितरण गरिने छ । कुखुरा पालक किसानले गाउँ पालिकाको बजेट र व्यक्तिगत लागतमा खोर निर्माण गरेका छन । खोरका लागि पालिकाले प्रति किसानलाई रु पाचँ हजारका दरले सहयोग गरेको छ ।

वडाध्यक्ष रोकाको प्रमुख उपस्थितमा भएको सामाग्री वितरण तथा अभुमुखिकरण कार्यक्रमको सञ्चालन भूमे गाउँपालिका पशु सेवा शाखाका नाप्रास नारायण ओलीले गर्नुभएको थियोे । तालिमको सहजिकरण प्राविधिक भुपेन्द्र शाहिले गर्नु भएको थियोे ।