रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा दुई महिने व्युटिपार्लर सम्बन्धि तालिम सुरु भएको छ । सिस्ने गाउँपालिकाको आयोजना र सिर्जना व्युटिपार्लरको प्राविधिक सहयोगमा छिप्रिदहमा तालिम सुरु भएको हो ।

स्थानिय स्तरमा रोजगारीको अवसर सिर्जना गरि स्थानिय आवश्यकतालाई पुरा गर्न तालिमको आयोजना गरिएको सिस्ने गाउँपालिकाले जनाएको छ । तालिमकोनिमित प्रमुख प्रशासकीय अधिकृृत चिन्तामणि दाहालले उद्धघाटन गर्नुभएको छ । महिलाहरुलाई सिप विकास तालिम दिएर व्यवसायिक बनाई आर्थिक रुपमा सवल बनाउन गाउँपालिकाले विभिन्न तालिम सञ्चालन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत दाहालले बताउनुयो ।

महिलाहरु जवसम्म आर्थिक रुपमा मजबुत हुदैनन तवसम्म महिला हिंसामा कमि नआउने उहाँले बताउनुभयो । महिला माथि हुने सवै खाले हिंसा अन्त्य गर्न महिला आर्थिक रुपमा सक्षम हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । महिलालाई सिप र क्षमतामा अब्बल बनाई उनिहरुको जिविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले तालिमको आयोजना गरिएको उद्यम विकास सहजकर्ता तारादेवी पुनले बताउनुभएको छ ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत उनिहरुलाई दुई महिने तालिम दिन सुरु गरिएको छ । तालिममा ४ नम्बर वडाका १८ देखि २५ वर्षसम्मका ९ जना युवतिहरुको सहभागिता छ । आजबाट सूरु भएको उक्त तालिम २०७९ जेठ १ गतेसम्म चल्ने छ ।