रुकुम(पूर्व) को पुथाउत्तरगंगा गाउँपालिकामा टाइफइड खोप सम्बन्धि अभिमुखीकरण कार्यक्रम पसम्पन्न भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले पालिका केन्द्र तकसेरामा एक कार्यक्रमकाृ आयोजना गरि गाउँपालिकाका जनप्रतीनिधी र खोपकर्ता स्वास्थ्यकर्मीलाई अभिमुखीकरण दिइएको हो ।

यहि चैत्रको २५ गतेबाट वैशाख १८ गतेसम्म देशव्यापी रुपमा चल्ने टाइफइड बिरुद्धको खोप अभियानमा १५ महिनादेखि १५ वर्ष उमेर समुहका बालबालिकालाई खोप लगाइर्द छ । यसै क्रममा जिल्लामा पनि यहि चैत्रको २५ गतेबाट २९ गतेसम्म खोप अभियान सञ्चालन गरिदै छ । जिल्लास्तरमा खोप अभियानको बारेमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भइसकेको छ । आज पालिकास्तरको अभिमुखीकरण कार्यक्रम पुथाउत्तरगंगा गाउँपालिकामा सकिएको हो ।

अभिमुखीकरण कार्यक्रममा उपस्थित जनप्रतीनिधी र स्वास्थ्यकर्मीहरुलाई टाइफाइड रोग, यस रोग लाग्नुको कारण, यसका लक्षणलगाएतका विषयमा जानकारी गराइएको छ । साथै गाउँपालिका केन्द्रमा तोकिएका खोपकेन्द्र, खटिो स्वास्थ्यकर्मी, स्वयमसेवक लगाएतको विषयमा पनि छलफल तथा जानकारी गराइएको छ । कार्यक्रमको सहजिकरण गाउँपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक कलिभान विष्ट र स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक यादवप्रसाद शर्माले गर्नुभएको थियो ।

पुथाउत्तरगंगा गाउँपालिकामा ६१ वटा खोपकेन्द्रबाट टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिदै छ । यस गाउँपालिकाका १५ महिनादेखि १५ वर्षसम्मका ५ हजार ५ सय ९१ जना बालबालिकालाई खोप लगाइने गाउँपालिका स्वास्थ्य शाखाले जानकारी दिएको छ । यस गाउँपालिकाका खोप केन्द्रमा ६१ स्वास्थ्यकर्मी र एक सय २२ जना स्वयमसेवक खटिने भएका छन् । यस खोप अभियानलाई सफल बनाउनको लागि स्वास्थ्यकर्मी र जनप्रतीनिधीले समन्वय गरेर काम गर्नुपर्ने बताइएको छ ।

गाउँपालिकाका अध्यक्ष ओमप्रकाश घर्तीको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष ओमकुमारी शाही, निमित्त प्रमुख प्रशासकिय अधिकृत वशिष्टनारायन यादव, गाउँपालिकाका प्रवक्ता एवम् ८ नम्बर वडाध्यक्ष भिमबहादुर मल्ल, १० नम्बर वडाध्यक्ष ज्योतीमान गुरुङ, १२ नम्बर वडाध्यक्ष गंगाबहादुर पुन, स्वास्थ्य कार्यालय रुकुम(पूर्व) का जनस्वास्थ्य निरिक्षक यादवप्रसाद शर्मा, कोल प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख अनिल बुढा खामलगाएतको पनि आतीथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शमिर गिरीले गर्नुभएको थियो ।