बिक्रम परियार रुकुम(पूर्व)


रुकुम(पूर्व) मा कोभिड १९ पूर्वतयारी तथा प्रतिकार्य परियोजनाले अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाइटि रुकुम(पूर्व) शाखाको आयोजना र रेडक्रस सोसाइटी अन्र्तराष्ट्रिय संगठन (आइ एफ आर सि) रुकुम(पूर्व) को आयोजनामा सिस्ने गाउँपालिका ५ रुकुमकोटमा अन्र्तरक्रिया कार्यक्रम गरिएको हो ।

कोभिड १९ पुर्वतयारी तथा प्रतिकार्य परियोजनाले जिल्लामा कोभिड खोपको अवस्थाको बारेमा समन्वयात्मक भूमिकामा रही काम गर्दै आएको छ । कार्यक्रममा जिल्लाभित्र कोभिडको खोप लगाए, नलगाएको अवस्था र आफ्नो तर्फबाट कोभिड प्रतिकार्यको लागि खेलेको भूमिकाको बारेमा रेडक्रस जिल्ला शाखा संयोजक मोहनबहादुर केसीले जानकारी गराउनुभएको छ । रेडक्रस रुकुमपूर्वको तर्फबाट कोभिड १९ प्रतिकार्यका लागि महामारीको अग्रपक्तिमा खट्ने निकायलाई अक्सिजन लगाएतका महत्वपूर्ण स्वास्थ्य सामाग्रि वितरण गरिएको थियो ।

यस्तै रेडक्रसले जिल्लाका ३ वटै पालिकामा सरसफाइका संरचना निमार्ण पनि गरेको थियो । कोभिड १९ समन्धि चेतनामूलक सामाग्री प्रचारप्रसार गरी संक्रमीत वडाहरुमा तथ्यांक संकलन गर्दै जोखिममा रहेका ठाउँहरुमा जनशक्ति परिचालन समेत गरेको बताइएको छ । अहिलेसम्म जिल्लामा कोभिडको खोपहरु लक्ष्य अनुसार लगाउन नसकिएको अवस्थालाई मध्यनजर गर्दै आगामि दिनमा कोभिडबाट हुने मृत्युदर र संक्रमणदर घटाउने परियोजनाले लक्ष्य लिएको छ । भने खोप समतामूलक रुपमा सबैको पहँुचमा हुनेगरी गुणस्तरिय सुरक्षित र सर्वशुलभ रुपमा प्रदान र सहयोग गर्ने परियोजनाको मुख्य उदेश्य रहेको छ ।

यस परियोजनाको कार्यक्षेत्र रुकुमपूर्वको सिस्ने र पुथाँउत्तरगगंगा गाउँपालिका रहेको छ । नेपाल रेडक्रस सोसाइटी रुकुम(पूर्व) शाखा संयोजक मोहनबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काको प्रमुख र सिस्ने गाउँपालिका उपाध्यक्ष गोवरधन बुढाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम(पूर्व) का पदाधिकारी, गाउँपालिका प्रतिनिधि, स्वास्थ्थ शाखा प्रतिनिधि, प्रहरी, प्रशासनका प्रतीनिधीहरुको उपस्थिति रहेका थियो ।

कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटि रुकुम(पूर्व) शाखाका सचिव लोकेन्द्र बुढाथोकीले गर्नुभएको थियो ।