![](https://mulukpati.com/wp-content/uploads/2022/05/hukam-kkkkk.jpg)
हिकमत प्रोतेल/रुकुम(पूर्व)
नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगाको चुनावी अभियान पाउँपालिका अध्यक्षका उम्मेदवारको गृह वडामा सम्पन्न भएको छ । स्थानीय तह चुनाव लक्षित प्रचार प्रसार अभियानमा गाउँपालिका अध्यक्षको गृह वडामा सम्पन्न भएको हो । पुथाउत्तरगंगा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रले पुथाउत्तरगंगा ५ का पुनिराज घर्तीलाई उठाएको छ ।
स्थानीय तह चुनाव लक्षित प्रचारप्रसार अभियानमा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष उम्मेदवार घर्तीसँगै उपाध्यक्षका उम्मेदवार भुपेन्द्रा बुढा, नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य ओमकुमारी शाही, नेकपा माओवादी केन्द्र पुथाउत्तरगंगाका कोषाध्यक्ष मनिप्रसाद बुढा लगायतको उपस्थित रहेको थियो ।
अध्यक्षका उम्मेदवार पुनिराज घर्तीले चुनावी प्रचारप्रसार अभियानको कार्यक्रममा बोल्दै संघियता स्थापना, धर्म निरपेक्षता, समावेशीता लगायतको विकास नेकपा माओवादीको पहलमा भएकाले सबैले नेकपा माओवादी केन्द्र रोज्नु पर्ने बताउनुभयो । रुकुममा सहिद मार्गको पहल पनि नेकपा माओवादी केन्द्रले गरेको घर्तीले बताउनुभयो । घर्तीका अनुसार आफ्नो टिमलाई विजय बनाए गर्न बाकी अधुरा विकासका सगै आत्मनिर्भरमा पनि विशेष जोड दिइने बताउनुभयो ।
उपाध्यक्षका उम्मेदवारी भुपेन्द्र बुढाले पुथाउत्तरगंगा गाउँपालिकामा महिला परामर्श कक्ष स्थापना गर्ने प्रतिबद्धता जनाउनुभयो । बुढाका अनुसार परामर्श कक्षमा मनोसामाजिक कर्ता महिला रोग विशेषज्ञ लगायत आवश्यकता अनुसार कर्मचारीको व्यवस्था गरि महिलाका समस्या हल गरिन बताउनुएको छ । पुथाउत्तरगंगा दुर्गम क्षेत्र भएकै कारण महिलाहरु कयौं समस्याले ग्रसित भएको अवस्थामा महिला परामर्श कक्षले निकै सहजता ल्याउने बुढाले बताउनुभयो ।
पुथा उत्तरगंगा गाउँपालिका ५ नेकपा माओवादी केन्द्र इन्चार्ज थपन बुढाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सभा अध्यक्ष वडा पार्टी अध्यक्ष चन्द्रलाल शर्माको रहेको थियो भने कार्यक्रमको सञ्चालन युविक बिकले गर्नु भएको थियो ।