रुकुम(पूर्व) को सिस्ने गाउँपालिकामा सुनौलो हजार दिनका आमाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । गाउँपालिकामा पोषण कार्यक्रमअन्तर्गत सिस्ने ५ र ६ नम्बर वडाका सुनौला हजार दिनका आमासँगै रुकुमकोट महिला बहुउदेश्यि सहकारी संस्थामा आबद्ध २५ जना महिलाहरुसँग अन्तक्रिया कार्यक्रम गरिएको हो ।

अन्तरक्रियामा सहभागी महिलाहरुलाई कुखुरा पालनको लागि गाउँपालिकाले २५ हजार बजेट पनि दिने भएको छ । उनिहरुलाई पोषणयुक्त खानेकुराको अभाव नहोस भनेर कुखुरा पालेर अण्डा खानको लागि प्रतिव्यक्ति २५ हजार बजेट दिने निर्णय भएको गाउँपालिका महिला विकास निरिक्ष्क सुनिता खड्काले बताउुभयो । त्यसको लागि महिलाहरुले कुखुरा किनेर खोर पनि निर्माण गर्नुपर्ने छ । त्यसको आधारमा पालिकाले बजेट भुक्तानी दिने छ ।

कार्यक्रममा बोल्दै सिस्ने गाउँपलिका अध्यक्ष कृष्ण रेग्मिले यो कार्यक्रम महिलाहरुको लागि महत्वपूर्ण भएकाले सबै जना सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले सरकारको लगानी बढाउदै गएमा महिलाहरुलाई मुनाफा कमाउन र घर खर्च चलाउन सहज हुने बताउनुभयो । उहाँले सरकारले गरेको लगानी खेर नजाने गरेर कम गर्न कार्यक्रममा सहभागी महिलाहरुलाई हाग्रह गर्नुभयो ।

यस्तै गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउलेले जुन उदेश्यले कार्यक्रम तय गरिएको हो त्यसैअुरुप काम गर्न सहभागिहरुलाई आग्रह गर्नुभयो । अहिले २ वटा वडाका २५ जना महिलालाई समेटेर काम गरिएपनि यो काम प्रभावकारी बन्दै गए थप विस्तार गर्ने पनि उपाध्यक्ष रेउलेले बताउनुभयो । यस्तै गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहालले पनि सरकारले गरेको लगाीबाट आफुले लाभ पाउने गरी काम गर्न हाग्रह गर्नुभयो ।

गाउँपालिका अध्यक्ष कृष्ण रेग्मिको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकिय अधिकृत चिन्तामणी दाहाल, वडा नम्बर ६ का वडाध्यक्ष पूर्णबहादुर मल्ल, ५ नम्बर वडा सदस्य शोभा हमाल र सरस्वती मल्ल, रुकुमकोट महिला बहुउदेश्यिय सहकारी संस्थाकी अध्यक्ष दिलकुमाी मल्ल, बहुक्षेत्रीय पोषण कार्यक्रम गाउँपलिका संयोजक रचना खड्कालगाएतको आतीथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन गाउँपालिकाकी महिला विकास निरिक्षक सुनिता खड्काले गर्नुभएको थियो ।