रुकुम पूृर्वः काठमाडौंबाट रुकुम पूर्वको सदरमुकाम रुकुमकोट आउँदै गरेको बस त्रिशुलीमा खसेको छ । शनिबार साँझ सवा ६ बजे बेनिघाट रोराङ गाउँपालिका १० हुग्दिखोलास्थित त्रिशुली नदि किनारमा बस खसेको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी श्यामबहादुर खत्रीले जानकारी दिए ।

बा ४ ख ५७९० नम्बरको बस सडक देखि दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि चालकसहित बसमा सवार १६ जना घाइतेका डिएसपी खत्रीले बताए । घाइतेको उपचारका लागि स्थानीय मेडिकल पठाइएको छ ।

बस त्रिशुली किनारमै रहेको र यो समाचार तयार पार्दासम्म मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।