अमर खत्री
पोखरा: अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) रुकुम पुर्वले हिसाब दौड र वक्तृत्वकला प्रतियोगिता सञ्चालन गरेको छ । शुक्रबार जिल्लाको सिस्ने ३ पोखरामा रहेको जनता मावि पोखरामा वक्तृत्वकला र हिसाब दाैड प्रतियोगिता सञ्चालन गरिएको हो ।

सम्पुर्ण बामपंन्थी, प्रगतिशील देशभक्ति तथा जनतान्त्रिक विद्यार्थीहरु एकजुट हाै भने मुल नाराका साथ प्रतियोगिता आयोजना गरिएको थियो ।
कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुका लागि हिसाब दाैड प्रतियोगिता संचालन गरिएको नवराज बुढा मगर प्रथम, नवराज खड्का दाेस्राे र भुपाल केसी तेस्रो हुनुभएको छ ।

कक्षा ६ देखि १२ सम्म अध्यनरत छात्र छात्राका लागि वक्तृत्वकला प्रतियोगिता संचालन गरिएको थियो । कक्षा ६-८ का विद्यार्थीका बीचमा गरिएको वक्तृत्वकला प्रतियोगितामा कक्षा ६ मा अध्यनरत छात्र कपिल गिरी प्रथम हुँदा कक्षा ८ मा अध्यनरत छात्रा सपना बिक दाेस्राे र छात्र अबिषेक बिक तेस्रो हुनुभएको छ ।

९ देखि १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको बीचमा संचालन गरिएको वक्तृत्वकला प्रतियोगितामा १० मा अध्यनरत छात्रा रमिता खड्का प्रथम, कक्षा ९ मा अध्यनरत छात्र श्रीरकुमार खड्का दाेस्राे र दलजित कवर तेस्रो हुनु भएको आयोजकले जनाएको छ । प्रतियोगितामा स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र सहित पुरस्कारको रुपमा कापी र कलम वितरण गरिएको छ ।

अनेरास्ववियू क्रान्तिकारी मावि मुल इकाई कमिटीका अध्यक्ष सुवास बिककाे अध्यक्षतामा भएको प्रतियोगितामा अखिल क्रान्तिकारी रुकुम पुर्बका जिल्ला अध्यक्ष खड्का सहित जिल्ला सचिव चन्द्र रसाइली, जिल्ला सदस्य अम्मर खत्रीको उपस्थिति रहेको कार्यक्रमको संचालन मावि मुल इकाई कमिटी सचिव दिनेश कंवरले गर्नुभएको थियो ।