रुकुम पुर्वको सिस्ने गाउँपालिका १ मा एक जना गर्भवती महिलाको पेटमै बच्चाको मृत्युु भएको छ । सिस्ने १ कि २५ वर्षकि महिला सपना बुढाको सुत्केरी हुने क्रममा पेटमै बच्चाको मृत्यु हुदा समस्या आएको हो  ।

सिस्ने १ जिल्ला सदरमुकाम रुकुमकोटदेखी १/२ दिनको पैदल दुरिमा पर्दछ । सडकसंजालमा नजोडिएको त्याहाका नागरिकले बेलाबखत विभिन्न समस्याहरु झेल्दै आएका छन । बुढालाई शुक्रबार साझ सुत्केरी व्यथा लागेको थियो । सुरुम नाल मात्र निस्केको थियो । पछि हातमात्र निस्किएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । सुत्केरी हुनेबेलामा सुरुमा हात र नाल निस्कनु भनेको खतराको संकेत हो । त्यसको केही समयमै पेटमै बच्चाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुकुम पुर्वका सुचना अधिकारी एवम् ल्याब टेक्निसियन निरीक्षक निमप्रसाद गिरिले जानकारी दिनुभयो ।

पेटमै बच्चाको मृत्यु भैसकेको र त्याहा तत्काल पेटबाट मरेको बच्चा निकाल्न सकिने अवस्था छैन  । रुकुमकोटसम्म पुर्‍याउनलाई पनि बर्खाको बाटो स्ट्रेचरको भरमा निरन्तर झरिको बिचबाट सम्भव भएन । बिरामिलाई सिस्ने १ को भट्टेचौर स्वास्थ्यचौकी मै राखिएको छ ।  हेलिकप्टरबाट ती महिलाको उद्वार गर्ने प्रयास गरेपनी खराब मौसमको कारण समस्या भइरहेको प्रमुख जिल्ला अधिकारी माधव प्रशाद शर्माले जानकारी दिनुभयो ।

स्वास्थ्य कार्यालका सुचना अधिकारी गिरिका अनुसार सिस्ने १ मा अल्ट्रासाउन्ड नहुदा बच्चा कस्तो अवस्थामा छ भनेर पहिले पत्ता लगाउन सकिएन । बुढाको यो चौथो बच्चा थियो । स्वास्थ्यकर्मीले भट्टेचौरमा हजुरलाई सुत्केरी बनाउदा समस्या पर्छ, अवस्था सामन्य छैन भनेर पहिले नै रुकुम पुर्व अस्पतालमा रिफर गरेका थिए । तर स्वयम् आफ्नै अटेरिले गर्दा उहाँ अस्पताल नपुग्दा यस्तो समस्या आएको स्वास्थ्यकर्मिले बताएका छन् ।

अब तुरुन्तै c/s गरि बच्चा निकाल्नुपर्ने छ । अहिले आमाको ब्लड प्रेसर कम देखाउदै गएको छ । स्ट्रेचरमा बोकेर रुकुमकोटसम ल्याउन पनि सम्भव नभएको र खराब मौसमको कारण हेलिकप्टर पनि सुर्खेतबाट उड्न नसक्दा समस्या भइरहेको छ ।