रुकुम पूर्वमा हुने साँस्कृतिक कृषि पर्यटन तथा व्यापार महोत्सव २०८०/८१ को तयारी पुरा भएको छ । जिल्लामा आज देखि बैशाख ६ गतेसम्म सञ्चालन हुन लागेको यो महोत्सवको तयारी पुराभएको हो ।
आयोजकका अनुसार महोत्सवमा एक सय भन्दा बढी स्टल रहेकोे छ । महोत्सवमा स्टल बुकिङ गर्नका लागि लुम्बिनी, कर्णाली तथा बागमती प्रदेश बाट व्यापारीहरु आएका छन् भने कतिपयले फोन मार्फत स्टल बुकिङ गरेका छन ।
रुक्मिणी माध्यमिक बिद्यालय रुकुमकोटको प्राङ्गणमा महोत्सवको तयारी सम्पन्न भएको छ भने महोत्सवमा राष्ट्रिय स्तरका चर्चित कलाकार तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकको भनाई छ ।
महोत्सवको मुख्य आयोजक अठाले ग्रुप प्रालि र सह आयोजकमा उद्योग बाणिज्य संघ रुकुम पूर्व रहेको छ भने मिडिया पाट्नरको रुपमा रेडियो पूर्वी रुकुम १०३.२ मेगाहर्ज रहेको छ । आज धुमधामका साथ महोत्सव दिउसो उद्घाटन गर्ने र महोत्सवलाई भव्य बनाउन सबैको उपस्थिति महत्त्वपूर्ण रहने बताउदै सबैलाई उपस्थितिका लागि आयोजकले अपिल गरेको छ ।