रुकुम पूर्वमा “पूर्वी रुकुम पर्यटन‚ साँस्कृतिक‚ कृषि  तथा व्यापार महोत्सव” आजबाट सुरु भएको छ । महोत्सवको आज रुकुमकोटमा एक भव्य कार्यक्रमका बिच उद्घाटन गरिएको छ ।

अठाले ग्रुप प्रा.लि.को आयोजनामा जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित रुक्मिणी माध्यामिक विद्यालयको प्राङ्गणमा महोत्सव संचालन भइरहेको छ । यो महोत्सव २०८१ सालको वैशाख ६ गतेसम्म संचालन हुने छ । महोत्सबको आज जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठले ब्यानर पढेर उद्घाटन गर्नुभएको छ ।

जिल्लाको पर्यटन कला संस्कृतीलाई जगेर्ना तथा संरक्षण गर्दै लुकेका प्रतिभा पहिचानका लागि महोत्सबको आयोजना गरिएको आयोजक समितीका अध्यक्ष सुधन रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव अवधीभर देश तथा बिदेशमा ख्यातीप्राप्त कलाकारहरु सँगै स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने छ । यसका साथै जिल्लाको व्यपार व्यवसायमा पनि महोत्सवले टेवा पुर्याउने आयोजकले जनाएको छ ।

आज पहिलो दिन उद्धघाटनका साथै स्थानीय कला, संस्कृतीहरु प्रस्तुत गरिएको थियो । भोली महोत्सबमा चर्चित कलाकार रामजी खाँडसँगै कन्चन पुन लगाएतका कलाकारहरुको प्रस्तुती रहने महोत्सब आयोजक समितीका संयोजक लखन स्वारले बताउनुभयो ।

अठाले ग्रुप प्रा.ली. का अध्यक्ष सुधन रेग्मीको अध्यक्षता रहेको उद्धघाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेघ बहादुर श्रेष्ठको प्रमुख तथा जिल्ला समन्वय समितिका उपप्रमुख मोहन बहादुर केसी‚ सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, भूमे गाउँपालिका अध्यक्ष होम प्रकाश श्रेष्ठको बिशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी माधब प्रसाद शर्मा,  सुरक्षा निकायका प्रमुखहरुका साथै सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुखहरु, बिभिन्न राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधीऽ पत्रकारहरुको उपस्थिती रहेको थियो ।

महोत्सब आयोजक समितीका संयोजक लखन स्वारको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन चन्द्र रसाईलीले गर्नुभएको थियो ।