
पूर्वी रुकुम साँस्कृतिक, कृषि, पर्यटन तथा व्यापार महोत्सव २०८०/८१ आज तेस्रो दिन चर्चित गायक टङ्क तिमिल्सिनाको बेजोड प्रस्तुति रहने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त कलाकार तिमिल्सिना सर्बाधिक रुचाइएका कलाकार हुनुहुन्छ । उहाका धेरै चर्चित गितहरु बजारमा छन ।
यस्तै आज डान्सहरु इश्वरी लामिछाने, आशा घर्ति मगर, कृष्णा डाँगी, ममता हितङ्गे, पुजा नेपाली लगायतका स्थानिय कलाकारहरुको बेजोड् प्रस्तुती रहने आयोजकले जनाएको छ ।
हिजो महोत्सवको दोस्रो दिन चर्चित गाएक रामजी खाँड लगाएत स्थानिय कलाकारहरुको बेजोड् प्रस्तुती रहेको थियो । हिजोका मुख्य आकर्षक चर्चित गायक रामजी खाँडले फुलफुलेर पहेलै भयो, मन परेको मान्छेको नाम दिलमै लेखिन्छ, जाम भन्यो लाहुरेले , अधेरोमा लाको माया काली छौँ कि गोरी, मायाले नबोली नबोली फसायो लगाएतका बहुचर्चित गितहरुबाट दर्शकहरुलाई मनोरञ्जन दिनुभएको थियो।
आयोजकका अनुसार महोत्सव अवधीभर देश तथा बिदेशमा ख्यातीप्राप्त कलाकारहरु सँगै स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती रहने छ । आजको कार्यक्रमको सञ्चालन उर्मिला गौतमले गर्नुहुने छ ।