
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले रुकुम पूर्वको जिल्ला स्तरिय भूमि समस्या समाधान आयोगको अध्यक्ष नियुक्त गरेको छ ।
मन्त्रालयले रुकुम पूर्वको अध्यक्षमा हरिहर पौडेललाई नियुक्त गरेको हो । शुक्रबार भएको मन्त्रीस्तरिय निर्णय अनुसार अन्य जिल्लाहरुसँगै रुकुम पूर्वमा पनि जिल्ला अध्यक्ष नियुक्त भएको नेकपा एमाले रुकुम पूर्वका अध्यक्ष लिलामणी गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोगको जिल्लास्थित कार्यालयमा एक अध्यक्ष, एक विज्ञ सदस्य, एक खुला र एक महिला सदस्य रहने व्यवस्था रहेको छ । सदस्यहरु नियुक्तिको भने निर्णय भएको छैन ।
रुकुम पूर्वको अध्यक्षमा नियुक्त पौडेल नेकपा एमाले पार्टीको कार्यालय सचिवको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
आयोगले सुकुम्वासीहरुलाई जग्गा उपलव्ध गराउने, लालपुर्जा वितरण गर्ने, अव्यवस्थित बसोवासलाई व्यवस्थित गर्ने लगायतका काम गर्ने बताईएको छ ।