काठमाडाैं । नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी) ले एमसीसीको विरोधमा काठमाडौंमा कालो बेलुन उडाएको छ ।
अमेरिकी सहायता परियोजना एमसीसीको निरन्तर विरोध गर्दै आइरहेको छ भने, क्रान्तिकारीले आज एक कार्यक्रमका बीच कालो बेलुन उडाएको हो ।
एमसीसी यथास्थितिमा संसदमा टेबल भएको छ । हामीले संशोधन नगरी एमसीसी पारित गर्न सकिन्न भन्ने मान्यताका आधारमा हामी निरन्तर आन्दोलनमा छाैं । राष्ट्रिय हीत र स्वार्थसंग प्रत्यक्ष जोडिएको विषयमा हामी यसको सशक्त प्रतिवाद गर्न तयार भएरै आन्दोलनको सिलशिलामा रहेका छाैं’, अखिल क्रान्तिकारीका नेता मिलन एमसीले भने ।
हिजोमात्रै अखिल (क्रान्तिकारी) ले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको थियो ।

