रुकुम पूर्व: रुकुम पूर्वमा जारी बृहत पूर्वि रुकुम पर्यटन तथा सास्कृतिक महोत्सबमा आज (बिहिवार) महानायक राजेश हमालको प्रस्तुति रहनेछ । नायक हमालको साथमा गायक शक्ति चन्द, गाइका अनु राणा मगरको पनि प्रस्तुति रहने कार्यक्रम संयोजक लखन स्वारले जानकारी दिनुभयो ।

उहाँका अनुसार महोत्सवमा झुमा डान्स ग्रुप र कमलदह डान्स ग्रुपको पनि बेजोड प्रस्तुति रहने छ । सबैको रोजाइमा रहनु भएका महानायक हमालको प्रस्तुति रहने हुँदा आज अन्य दिनभन्दा महोत्सव विशेष हुने उहाँले बताउनुभयो ।

समृद्ध पूर्वि रुकुमको आधार कृषि पर्यटन र ब्यापार भन्ने मूल नाराको साथ सदरमुकाम रुकुमकोटमा महोत्सव जारी छ । गएको चैत ३० गतेबाट  रुकुमकोट स्थित रुक्मिणी माविको प्राङ्गणमा सञ्चालन भइरहेको महोत्सवमा दर्जन बढी राष्ट्रिय स्तरका कलाकारले प्रस्तुति राखी सकेका छन । दिनहुँ जसो फरक प्रस्तुति पस्कने स्थानीय कलाकारले पनि महोत्सवको गरिमा बढाएको आयोजकले बताएको छ ।

प्रबिधिमा आएको समस्याका कारण बैशाख ६ गते स्थगित भएपनी अबका तीन दिन महोत्सव निरन्तर चल्नेछ । मस्त संगित सङग्राहलय तथा ट्रेनिङ सेन्टर रुकुम पूर्वको आयोजना र सिस्ने गाउँपालिकाको प्रबर्द्धनमा महोत्सव सञ्चालन भइरहेको छ । महोत्सबमा उपस्थित भइ भरपुर मनोरञ्जन लिन कार्यक्रम संयोजक स्वारले सबैमा आग्रह गर्नु भएको छ ।