पूर्वी रुकुम साँस्कृतिक कृषि पर्यटन तथा व्यापार महोत्सव २०८०÷८१ को आज तेस्रो दिने चर्चित गाएक टङ्क तिमिल्सिनाले बेजोड प्रस्तुति राख्नुभएको छ । बहुचर्चित गायक टङ्क तिमिल्सिनाले आफ्नो प्रस्तुति दिदै गर्दा दर्शकहरु गितमा झुमिरहेका, नाचिरहेका र संगसँगै गाइरहेका थिए ।

सुरुमा स्थानिय कलाकारहरु डान्सर कृष्णा डाँगी, ममत हितङ्गे, डान्सर इशोरी लामिछाने, आरोही रन्का लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो । त्यसपछी मुख्य आकर्षक तथा चर्चित गायक टङ्क तिमिल्सिनाले चर्चित गितहरु पुक्क पुक्क गाला, सनसनी सनसनी यो मुटू खाइरहने,कित वार कित पार भेटौ शनिबार लगायतका गितहरुबाट दर्शकलाई मनोरञ्जन दिनुभएको थियो । कार्यक्रमको सञ्चालन उर्मिला गौतमले गर्नुभएको थियो ।

त्यस्तै भोली सोमबार चर्चित बाल गायक सुप्रिम मल्ल, गायीका पूर्णीमा सेन ठकुरी, डान्सर कृष्णा डाँगी, डान्सर ममत हितङ्गे, डान्सर पुजा नेपाली लगायतका स्थानिय कलाकारहरुको बेजोड् प्रस्तुती रहने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार महोत्सव अवधीभर देश तथा बिदेशमा ख्यातीप्राप्त कलाकारहरु सँगै स्थानीय स्तरका कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । सोमबार अर्थात भोली कार्यक्रमको सञ्चालन सर्जना कार्कीले गर्नुहुने भएको छ ।