हिकमत पोर्तेल/रुकुम(पूर्व)

रुकुम(पूर्व) को पुथा उत्तरगंगा गाउँपालिकाले गाउँपालिकाको वडा नम्बर १० र ११ का १७ जना गर्भवती महिलाको स्वास्थ्य परिक्षण तथा निशुल्क स्वास्थ्य विमा सिफारिस गरेको छ । गाउँपालिकाको सहिद स्मृति स्वास्थ्य कार्यक्रम मार्फत स्वास्थ्य परिक्षण तथा निशुल्क स्वास्थ्य विमा सिफारिस गरेको हो ।

डाक्टर मिलन मल्लको टिमले १७ जना गर्भवती महिलाको स्वास्थ्य परिक्षण तथा निशुल्क स्वास्थ्य विमाको लागि सिफारिस गरेको हो । गाउँपालिकाले सहिद स्मृति अध्यक्ष÷उपाध्यक्ष स्वास्थ्य कार्यक्रम मार्फत गर्भवती महिलाको निशुल्क स्वास्थ्य परिक्षण तथा निशुल्क स्वास्थ्य विमा कार्यक्रम अगाडि सारेको स्वास्थ्य संयोजक समीर गिरीले बताउनु भयो ।

संयोजक गिरीका अनुसार सहिद स्मृति अध्यक्ष÷उपाध्यक्ष कार्यक्रम अन्तरगत घरमै स्वास्थ्यकर्मी सेवा पनि सञ्चालनमा ल्याइएको छ । घरमै स्वास्थ्यकर्मी कार्यक्रमको लागि प्रत्येक वडा स्वास्थ्यकर्मी परिचालन भई घरमै गएर स्वास्थ्य परिक्षण गरिरहेका छन् ।