रुकुम(पूर्व) सिस्ने गाउँपालिकाको आयोजनामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ अध्यक्षहरुका लागी शैक्षिक गुणस्तर सुधार सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । हालसम्म विद्यालयमा हुने गरेका काम कर्तव्य र आगामी दिनमा शैक्षिक सुधारको लागी अभिभावकको भुमिका बारेमा कार्यक्रममा अभिमुखीकरण दिइएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले प्रधानाध्यापकसङ्ग शैक्षिक गुणस्तर सुधारको लागि गरिएको सम्झौतालाई इमानदारीपूर्वक कार्यान्यन गरेमा शिक्षा सुधारको जग बस्ने बताउदै सम्झौता कार्यान्वयनका लागी अभिभावक सक्रिय हुनुपर्ने बताउनुभयो । शिक्षामा फरक परिणाम ल्याउनको लागी फरक तरिकाले कामको थालनी गरिएको अध्यक्ष रेग्मीले बताउदै सबै विद्यालय व्यवस्थापन सृजनसिल सङ्गै कृयासिल तवरबाट अघि बढ्न अनुरोध गर्नुभयो ।

अध्यक्ष रेग्मीको अध्यक्षतामा सप्पन्न कार्यक्रममा उपाध्यक्ष गोपाल रेउले, प्रमुख प्रशासकीय अधिकृत बिकास विक्रम शाह, सामाजिक विकास समिति सयोजक तिर्था पुन लगाएत विभिन्न वडाका वडा अध्यक्षहरु, गाउँपालिका भित्र रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, सदस्य शिक्षक अभिभावक संघका अध्यक्ष सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख मङ्गलसिह बुढाले गर्नु भएको थियो ।