बालाराम शेर्पाली

रुकुम(पूर्व) को भूमे गाउँपालिका वडा नम्बर २ काँक्री र वडा नम्बर तिन सिमामा ५ वर्ष मुनिका बालबालिकालाई पौष्टिक सामाग्री वितरण गरिएको छ । आज सोमबार एक कार्यक्रमका बिच ५ वर्ष मुनिका बालबालिकालाई पौष्टिक आहारा वितरण गरिएको हो ।

टिडीएच र जर्मनीको आर्थीक सहयोगमा रुक्मेली समाज विकास केन्द्रद्धारा भूमे गाउँ पालिकको वडा नम्बर दुई र तिनमा सन्चालीत खाद्य सुरक्षा तथा बाताबरणमैत्री उद्यम प्रवद्र्धन परीयोजना अन्तर्गत ५ बर्ष मुनिका बालबालिकालाई पौष्टिक सामाग्री वितरण गरिएको हो । शारिरिक रुपमा कमजोर ८३ जना बालबालिकालाई आज एक कार्यक्रमको बिच प्रतीव्यक्ति एक क्यारेड अन्डा, एक लिटर खाने तेल, पाचँ पिस नुहाउने साबुन, एक के जि हरलिक्स लगाएतका पौष्टिक आहारा वितरण गरिएको खाद्य सुरक्षा तथा बाताबरण मैत्री उद्यम प्रवद्र्धन परियोजनाका संयोजक प्रमुख उत्तम आर्यालले जानकारी दिनुभएको छ ।

वडा नम्बर दुई काँक्रीको स्वास्थ चौकी र मोराबाङ स्वास्थ चौकीको सिफारीसमा यो कार्यक्रम सन्चालन गरिएको आर्यालको भनाई छ । शारिरीक रुपमा कम्जोर भएका बालबालिकालाई फुर्तीलो र जागरीलो बनाउने, पौष्टिक आहारा वितरण गरे पछी आफ्नै करेसा बारीमा अर्गानीक खेति गर्न र बजारमा पाईने विभिन्न किसीमका जङफुडको प्रयोगबाट बचाउनु नै यो कार्यक्रमको उदेश्य रहेको अर्यालले बताउनुभयो ।