
बालाराम सिर्पाली
उच्च पहाड़ी तथा हिमाली जिल्लाको रुपमा रहेको रुकुम (पूर्व मा यातायातको सुविधा नहुँदा विरामीलाई स्वास्थ्य संस्थासम्म लैजान स्ट्रेचरकै भर पर्नुपर्ने बाध्यता रहेको छ । वर्षायामको शुरुवातसँगै पहिरोले ग्रामीण सडकहरु अवरुद्ध भएपछि विरामीलाई गाड़ी त के स्ट्रेचरमा अस्पतालसम्म पुर्याउन र ल्याउन पनि निकै समस्या हुने गरेको स्थानीयले बताएका छन् ।
सडकमा खाल्डाखुल्डी हनुका साथै ठाउँ ठाउँमा पहिरोले कतै सडक भत्किएको छ भने कतै पुरिएको छ । सड़क अवरुद्ध हुदा सवारी साधन त चल्न सक्दैनन्, सर्वसाधारण आवतजावत गर्न र विरामीलाई बोकेर स्वास्थ्य चौकी वा अस्पताल पुर्याउन पनि निकै सास्ती भोग्नुपरेको छ । स्रोत साधनको पहुँच नहुदा रुकुम (पूर्वका नागरिकहरु अकालमा ज्यान गुमाइरहेका छन् । दैनिक कामकाज गर्ने क्रममा रुख, भीरबाट लडेर घाइते भएकाहरुले तत्काल उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था रहेको स्थानीय बताउँछन् ।
भूमे गाउँपालिकाको वड़ानम्बर ६ खाम्दै, स्याला, सुर्प, नाखे, रुन्ची तामारी लगायतका गाउँमा सडक यातायात अवरुद्ध बनेको छ । वर्षातका कारण विग्रे भत्केका ग्रामीण सड़कहरु मर्मत नहँदा बिरामीलाई स्ट्रेचरमा बोकेर अस्पताल पुर्याउने बाध्यता रहेको भूमे गांउपालिका वड़ा नम्बर ३ का मनरखे सुनारले बताउनु भयो । समयमा विरामीलाई स्वास्थ्य चौकीसम्म पुर्याउन सवारी साधनको सुविधा छैन । रिजर्भ गर्नलाई गाड़ी पनि पाइदैन । झन आजभोलि त सडक विग्रेर विजोग छ । विरामीलाई स्ट्रेचरमा बोक्नेभन्दा अरु उपाय नभएको उहाँ बताउनुहुन्छ ।
गरिवी र वेरोजगारीको समस्याले विदेशिनेको सड़ख्या बढीरहेको र गाउँमा युवाहरु खोजेर पनि भेटाउन नसकिने सुनारको भनाइ छ । “गाउँका धैरे तन्नेरीहरु विदेश गएका छन, अप्ठ्यारो पर्दा बिरामी बोक्ने युवा पनि गाउँमा भेटिन मुस्किल छ” सुनारले भन्नभयो, “धेरै विदेश पलायन हँदा गाउँमा बुढाबुढी र बालबच्चा मात्रै रहने अवस्था आउन थालिसक्यो ।”
सुत्केरी हुने दिदीबहिनीलाई स्वास्थ्य चौकीसम्म लैजान सवैभन्दा ठुलो समस्या हन्छ । सडक नहुँदा स्ट्रेचरमा बोकेर लिनुपर्छ । कहिलेकांही त डोकोमा पनि बोक्नुपर्नें हुन्छ.। उहाले भन्नुभयो, “दुःख परेको बेला स्वास्थ्य चौकीसम्म पुर्याउने युवाहरु गाउंभरि खोज्नपर्छ । भनेको बेला युवाहरु पनि भेटिदैनन ।” भौगोलिक विकटता र पर्याप्त स्वास्थ्य सेवा नहुँदा रुकुम (पूर्व)का अधिकांश गाउँका बासिन्दा उपचारका लागि अस्पतालसम्म पुग्न विभिन्न समस्या झेल्दै आएका छन् ।