राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति रुकुमपूर्वकाे तदर्थ समिति गठन गरिएको छ । आज एक कार्यक्रमका बीच गायिका तथा माेडल पुर्णिामा सेन ठकुरीको संयोजकत्वमा ९ सदस्यीय जिल्ला कार्यसमिति रुकुमपूर्वकाे तदर्थ समिति गठन गरिएकाे हाे ।

जसको सदस्यहरुमा धर्म बुढा मगर, उर्मिला गौतम, निमा पुन मगर, करुणा पुन मगर, धनरुपी पुन मगर, बिशाल घर्ती मगर, विपना पुन मगर र अनिता शाही रहनुभएकाे छ । उक्त तदर्थ समितिले अब ६ महिना भित्र भव्य सम्मेलन गरि जिल्ला कार्यसमिति चयन गर्ने बताइएको छ ।

कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपु मगरले विभिन्न स्थानमा रहेर लाेक गीत संगीत तथा लाेक संस्कृतिकाे संरक्षण र प्रबर्द्धन गर्न क्रियाशील रहेका व्यक्तिहरुलाई एकीकृत र संस्थागत गर्ने उदेश्यले राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति रुकुमपूर्वकाे तदर्थ समिति गठन गरिएको बताउनुभएको छ । प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष मगरले राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल कला संस्कृतिकाे संरक्षण तथा प्रबर्द्धन सँगै प्रतिष्ठानमा आवद्ध सबै सदस्यीयहरुकाे हरेक दु:ख पिडामा साथ सहयोग गर्ने एउटा ठुलो सञ्जाल समेत भएको बताउनुभएको छ ।

राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष दिपु मगरकाे प्रमुख उपस्थितिमा सुरु भएको उक्त जिल्ला तदर्थ समिति गठन कार्यक्रममा प्रतिष्ठानका लुम्बिनी प्रदेशका बरिस्ठ उपाध्यक्ष दामोदर बस्याल, प्रतिष्ठानका लुम्बिनी प्रदेश संस्थापक उपाध्यक्ष दिपक कार्की र प्रतिष्ठानका लुम्बिनी प्रदेश काेषाध्यक्ष धन बहादुर गुरुङ लगायत जिल्ला स्थित पत्रकारहरुकाे पनि आतिथ्यता रहेको तदर्थ समिति गठन कार्यक्रमकाे सहजीकरण राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशकाे टाेलिले गरेको थियो ।।