किस्मत शेर्पाली
रूकुम पुर्वकाे पुथाउत्तरगंगा गाउँपालिका वडा नं ९ खारवाङमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हर्कप्रसाद रोका मगर “भुजेल” ले चुनावी सबै प्रतिबद्धता कार्यान्वयनमा ल्याएको बताउनुभएको छ । २०७९ बैसाख ३० गते भएको निर्वाचनबाट निर्वाचित भइसकेपछी जनताको सामु आफुले गरेको प्रतिबद्धताहरु क्रमशः पूरा गर्दै गएको बताउनुभएको छ ।
विभिन्न सामाजिक समस्याको बावजुत पनि उहाँले समस्यालाई पन्छाउदै तिव्र गतिमा काम अगाडि बढाएको बताउनु भएको हो । समाजको आवश्यकतालाई पूर्ति गर्न र सामाजिक समस्याको सामाधान गर्न सरकारमा आएको अध्यक्ष रोकाकाे भनाई छ।
बाकी रहेको २ वर्षकाे कार्य अवधिमा अझै पनि नयाँ कार्यको थालनी गरी कार्य सम्पादन गर्ने उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ”सामाजिक कार्यलाई निरन्तरता दिनका लागि समस्यालाई झेल्नै पर्छ । तर पनि आफ्नो कर्तव्यलाई नियम बद्ध तरिकाले पालन गरी सामाजिक कार्यलाई जोड दिएको छु । पुथाकाे ९ नम्बर वडा भौगोलिक रूपमा विकासकाे पहुंचलाई अगाडि बढाउन नसके पनि आफूले गर्न सक्ने जत्ति काम गरि प्रतिफल निकाल्ने प्रयास जारी छ ।”
अध्यक्ष रोकाले थप्नुभयो ”पहिले यहाँ मुख्य समस्या पन्जीकरणको थियो । २०७४ मा जितेका जनप्रतिनिधिले जनताको सेवामा ध्यान नदिएर कम्प्युटर प्रीन्टर बोरामा राखेर स्टोर गरिसकेपछि जनताले पञ्जिकणको काम गर्दा तकमा टाइप गर्ने र चारगाउँ गएर हस्ताक्षर गरी सेवा पाउने अवस्था थियो । सेवाग्रही जनताले साह्रै दुख पाइरहेका थिए तर म वडाध्यक्ष भएर आइसकेपछी सुरुमा नै पन्जीकरणको समस्या हल गर्ने पहल गरि समस्या काे सामाधान गरेको छु । अहिले पन्जीकरण सम्बन्धि सबै सेवा खाराबाङ वडा कार्यालयबाट सहज रूपमा प्रवाह भैरहेको छ ।”
अहिले गाउँमा विद्धुतको समस्या पनि केही मात्रामा समाधान भएको छ भने बाकी समस्या पनि समाधान हुने क्रममा छ । उहाका अनुसार आफू निर्वाचित भएर आएपछि नै वडाको स्वास्थ्य भवन निर्माण गर्नुको साथै वर्थिङ सेन्टर पनि स्थापना गरिएको हो । अहिले सेवाग्राहीले सहज तरिकाले सेवा लिराखेका छन् ।
अध्यक्ष रोकाका अनुसार यहाँकाे वन पनि कानुनको दायरामा आएको थिएन । तर अहिले आफूले नै समिती दर्ता गरेर उपभोक्ता मार्फत दर्ता समितिले काम गरि राखिएकाे बताउनु भएको छ । हाल वडामा तीन नामक बन उपभोक्ता समिति दर्ता गरिएको छ । जसको नाम प्रभुगुफा सामुदायिक बन उपभोक्ता समिति, सल्लेरी सामुदायिक बन उपभोक्ता समिती र पातलेबास सामुदायिक बन उपभोक्ता समिति मा दर्ता गरेर काम गर्दै बनलाई व्यवस्थित प्रणालीमा लिएको उहाँको भनाइ छ । वडा अध्यक्ष रोकाका अनुसार बन उपभोक्ताको स्रोतबाट व्यवस्थापन हुने गरि मासिक दस हजार पारिश्रमिक दिएर बनपाले राखिएको छ । बनपालेको काम।बन रेखदेख गर्ने र उपभोक्ता समितिले संचाल गर्ने गरि एउता पनि मिल संचालनमा लिइएको छ । बनको समस्या ठूलो थियो त्यो समस्या हल गर्नको लागि अहिले समाजसँग बसेर सम्बन्धित बनको उपभोक्ताहरूले आवस्यकता अनुसार समस्या समाधान गर्दै आएको छ । वनको आर्थिक पहिलेको वडा सरकारले कानुन विपरीत हस्तलिखित रूपमा असुल गरि आर्थिक रूपमा ठूलो हिनामिना गरेको उहाँले भन्नुभएको छ । उहाँले वडा मा बिर्वाचित हुनु अघि नै खबरदारी गरेको तर आफू निर्वाचित हुने बित्तिकै प्रतिबद्धता अनुसार बनको समस्या पनि समाधान गरेको बताउनु भएको छ ।
भौगोलिक विकता भएको ९ नं वडा निरन्तर प्रयास पछि पनि बाटोकाे पहुंच पुर्याउन सकिएको छैन । अब काे यस बर्षसम्म वडा कार्यालयसम्म बाटोको पहुँच पुर्याउने पहल भएको अध्यक्ष रोकाकाे भनाइ छ । अध्यक्ष रोकाले सडक पूर्वाधार कार्यालय समन्वय गरी १ करोड बजेट काे सम्झौता भएको बताउनु भयो ।
पहिले विद्यालय भबनहरूपनि जिर्न अवस्थामा थिए । उहाँ निर्वाचित भएर आएपछि ४ कोठे पक्की भबन समेत निर्माण गरिएको छ । भौतिक पूर्वाधारसँगै गुणस्तरीय शिक्षा प्रमुख उदेश्य भएकोले त्यसैमा केन्द्रित भएर लागिरहेको उहाँले बताउनुभयो ।
त्यसैगरी क्रिश्चियन धर्मावलम्बीहरूको लागि अवस्यक पूर्वाधार सभाहल प्रदेशमा बजेटकाे पहल गर निर्माण, डाँडागाउँ मैभानीथानदेखी प्रभुगुफा हुँदै रातोदहसम्म पर्यटन पदमार्ग निर्माण गरीएको छ । यो पर्यटन पदमार्ग लालपाटन हुँदै डोल्पाजाने पदमार्ग भएको उहाँले बताउनुभयो।
अब निरन्तर रूपमा वडा ले गर्ने पहल कदमी गरी यस उपनिर्वाचन पछि लगतै सम्झौता भएका र गर्न बाँकी रहेका कामलाई ध्यानाकर्षन गरी कार्यलाई जोड दिने उहाँको भनाई छ । तर समाज मा थुप्रै खालका समस्याहरु आएका छन् तर पनि समस्याको समाधान गर्दै बाँकी २ वर्ष जनताकै सेवामा खटिने वडा अध्यक्ष हर्कप्रसाद रोका ‘ भुजेल ‘ बताउनु भएको छ ।
भुजेल नेकपा एमालेका रवीन्द्र ओली र नेपाली कांग्रेसका उम्मेदवार मदन कुमार रोका लाई पाँच मतले हराउदै नेकपा माओवादी केन्द्रबाट विजय हुनुभएको थियो ।